
मदन अधिकारी / भोजपुर
चाइनाको बुहान सहर बाट शुरु भएको कोरोना भाइरस (कोभिडि १९) ले हाल विश्वका २१० मुलुक भन्दा बडि देशलाइ प्रभावित बनाएको छ ।
कोरोना भाइरस हालै स्थानिय स्थरको भाषामा भन्नु पर्दामा तेस्रो विश्व युद्धको रुप लिरहेको हामि सबैलाइ जानकारीनै छ । यस विश्व युद्धमा विश्वका ठुला मुलुक मानिने अमेरीका इटालि जस्ता राष्टले समेत घुडा टेकि सकेका छन् भने हाम्रै छिमेकि मुलुक भारतमा समेत यसको ठुलो मानव्य क्षति निम्त्यइरहेको छ । त्यस्तो अवस्थामा नेपाल जस्तो राष्ट यस प्रकोप बाट विछुतो रहने कुरानै रहदैन ।हाल नेपालमा समेत चैत्र ११ गते बाट शुरु भएको लकडाउन हाल सम्म जारी रहेको छ । यस लकडाउनले ठुला उद्योग देखि दैनिक ज्याला मजदुरीमा काम गर्ने मजदुरलाइ प्रत्येक्ष मारमा पारेको छ भने विकाश योजनामा यसले ठुलो क्षति निम्त्याइसकेको छ ।
राजनैतिक खिचातानिमा रोमोलिएको नेपालमा कोरोनाको लडाइ भन्दा कुर्षिको लडाइमा मुख्य राजनैतिक दल लागेको देखेर स्थानियहरु आक्रोशित भैरहेका बेला भोजपुर जिल्लाको आमचोक गा.पा. ले भने राजनैतिक लडाइमा नलागि मानव रक्षाका निमित्त लागिपरेको संकेत दिएको छ ।
आमचोक गाउपालिकाले नेपाल सरकारको लकडाउन पुर्ण रुपमा पालना गर्दै यस गा.पा. मा दैनिक ज्याला मजदुर गरि आफ्नो जिविको पार्जन गर्ने वडा नम्बर २,४,५,६,७,८,९ गरि जम्मा २१४५ घर धुरीका अती विपन्न परीवारलाइ पहिलो चरणको राहात वितरण गरिएको छ भने वडा नम्बर १ र ३ मा राहात वितरण जारी रहेको बताउनु भएको छ ।
त्यस्तै यसै गाउपालिका मा ३ स्थानमा क्वारेन्टाइन निर्माण गरि ७५ जना भन्दा बडिलाइ क्वारेनटाइनमा राखिसकिएको पनि यसै गा.पा. अध्यक्ष राइले जनाउनु भयो। यसै गा. पा . अध्यक्ष अशोक राइका अनुसार यश गाउपालिका का स्थानियहरु विभिन्न कारणले यश गाउपालिका भन्दा बाहिर गहि लकडाउनका कारण आउन नसकेका हरुलाइ समेत राहात बितरण भैरहेको जनाउनु भएको छ भने एक करोड बराबरको राहात कोषको स्थापना गर्ने लक्ष रहेको समेत जानकारी गराउनु भयो । राइले लकडाउन भरी यस गा.पा का कुनैपनि व्यक्ति आफुले खान नपाएको भन्ने दिन आउन नदिने समेत बताउनु भएको छ । अध्यक्ष राई बताउनु हुन्छ यस गा.पा. मा कुनै पनि स्थानियलाई यश लक डाउन छउन जेल कुनै कुराको अभाव हुन नदिने र यदि हाम्रो गाउपालिका को सामर्थ्य भन्दा बाहिर गएमा प्रदेश तथा संघिय सरकारलाइ घचघचाउने समेत बताउनु भएको छ भने यस गाउपालिका भित्र रहेका विद्यार्थीहरुको भविश्यलाइ लिएर यस गा.पा. संवेदन शिल रहेकाले विद्यार्थी तथा अन्य आर्थिक क्षेत्रको काम गर्ने संघसंस्थाहरुको पक्षमा समेत गा.पाले एक कार्य विधि ल्याउन लागेको जानकारी गराउनु भएको छ । निजि क्षेत्रको रुपमा काम गरेतापनि स्थानिय सरकारलाइ लक डाउनका बेला साथ दिएकोमा महुलि लघुवित्तलाइ समेत धन्यवाद दिनु भएको थियो ।
यता इलाका प्रहरी कार्यलय बालंखाका प्रहरी नायब निरीक्षक सिताराम दराई ले यस गाउपालिकामा प्रवेश गर्ने नाकामा कडाइ गरिएको तथा उच्च जोखिमको स्थान समेत रहेकाले यस क्षेत्रलाइ २४ घन्टा शुरक्षा प्रदान गरि निगरानिमा राखिए को बताएका छन् । दराइ का अनुसार यस गाउपालिकामा बाडि राखिएको राहातमा स्थानिय सरकार संघ समन्वय गरि सामाजिक दुरि कायम गरि राहात बितरण कार्यलाइ थप व्यवस्थित बनाइएको छ ।
यता महुलि लघुवित्त वितिय संस्था बालंखाका शाखा प्रवन्धक टोकनाथ न्यौपानेले लकडाउनले यस गाउपालिकामा रहेका कृषि , उद्यमि तथा व्यापारीको अवश्था निकै कठिन रहेकाले यस क्षेत्रमा काम गर्नेहरुको पक्षमा आफ्नो शाखा रहेको यस क्षेत्रका व्यक्तिहरुलाइ राहात पुग्ने खालका योजना ल्याउन आफ्नो संस्थालाई आग्रह गर्ने बताएका छन् । र यता शिक्षक संगठन आमचोकका अध्यक्ष मान बहादुर खड्काले हालै नेपालले अनलाइन शिक्षाको व्यवस्था अगाडि बडाएपनि यो शिक्षा आमचोक गा.पा. मा लागुगर्न नसकिने बताएका छन् । खड्का भन्छन् विद्यार्थीको भविश्यका निमित्त हाल सम्म कुनै पक्ष बाट समेत कुरा नआएकाले आफु दुखित भएको बताए का छन्।उनले थपे अनलाइन शिक्षा भन्दा बडि समस्या नतिजा प्रकाशन गर्न भएको छ अनलाइन बाट नतिजा प्रकाशन गर्दा यश गाउपालिकामा इन्टरनेटको अभाव छ नतिजा प्रकाशन गर्दा नेपाल सरकारको लकडाउन उल्घन गरेजस्तो हुन्छ यता १०,११,१२ कक्षामा अध्यन्रत विद्यार्थी हरुको पडाइमा सेत असर पारेको छ।तर लकडाउन जारीनै रयो भने पनि हामी १ देखि ९ सम्मको पठनपाठन समयमै सक्नेमा आशावादि रहेको बताएका छन् । यता स्थानिय वासिन्दा मीनराज बिष्टले आमचोक गापाले वितरण गरेको राहात सामाग्री उपयुक्त रहेको धारणा राखेका छन् भने स्थानिय सरकारले रोजगार विहिन र गरीव घर परीवारलाइ राहात वितरण गरि स्थानिय सरकारको महशुस गराएको छ ।
यता आमचोक गाउपालिकाका समाजसेवी दिक्पाल राइले यश माहामारीको वेलामा समेत न आती आमचोक वासिका निमित्तमा यश गाउपालिकाले काम गरेकोमा आम आमचोक वाशि खुशि भएको बताएका छन् ।
