नवलपरासी पश्चिम् – लकडाउनको मौका छोपी जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्र सुस्ता गाउँपालिकाकाे वडा नं. ५ बन्नकट्टी गाउँबाट बिहिवार विहान सशस्त्र प्रहरी नेपाल बाेर्डर आउट पाेष्ट गुठी प्रसाैनीले नवलपरासीले नेपालबाट भारत लैजानको लागि करिब एक सय पचास लिटर बराबरको घरेलुु मदिरा नेपाल भारतको दश गजाको छेउमा रहेको केराबरीमा लुकाएर राखेको अवस्थामा मदिरा सशस्त्र प्रहरीले नियन्त्रण मा लिएर नष्ट गरेको हो । स्थानियको गुनासो पछि सकृय बन्दै गएकाे सशस्त्र प्रहरी सुराकिकाे आधारमा सशस्त्र प्रहरी निरीक्षक सुमन अधिकारी को नेतृत्वमा खटिएकाे गस्ती टाेलीले उक्त रक्सी बिहीबार बिहान नियन्त्रणमा लिन सफल भएकाे हाे ।
प्रहरीलाई देखेर तस्कर रक्सी केरा बारीमा छोडेर फरार प्रहरी निरिक्षक अधिकारीले बताए। नियन्त्रणमा लिइएकाे घरेलुु मदिरा स्थानिय , पत्रकार, सुरक्षाकर्मीहरूको राेहबरमा नष्ट गरिएकाे हो ।