
बैशाख – २५
एजेन्सी – भारतको आन्ध्र प्रदेशको मुख्य शहर बिशाखापटन्म मा रासायनिक आपदा मा परि दश जनाको मृत्यु भएको छ ।बिशाखापटन्म मा आज बिहान ३-४ बजेका बिच आर आर बेन्कटपुरम गाउँमा रहेको एलजी पलिमर उधोगमा गयास लिक भएको छ ।उक्त ग्यास लिक पछि दश जनाको मृत्यु भएको छ भने एक हजार बढी अस्पतालमा भर्ना गरिएका छन् । जस मध्ये सय जना बढीको अवस्था गम्भीर रहेको छ ।उक्त ग्यास लिक भए पछि तीस गाउँ प्रभावित भएका छन् । उक्त ग्यास लिक पछि मनिसहरु लाई स्वास लिन समस्या भएको छ भने मान्छे बेहोस भएर ढलेका छन् ।स्वास लिन गार्हो हुने , अँखा पोल्ने , बेहोस हुने र उल्टि हुने जस्ता समस्या देखा परेका छन् । मानिस मात्र नभइ त्यस क्षेत्रका जनावर पनि पीडित बनेका छन् ।मानिस संगै जनावर पनि मरेको जानकारी प्राप्त भएका छन् ।
अहिले राहत र उद्धार कार्य जारी रहेको छ ।ग्यास के? कति? कारणले लिक भएको हो भन्ने विवरण आउन बाकी रहेको छ ।
