लघु चलचित्र “आमा” युट्युबमा सार्वजनिक

0
Quantam abroad studies

सुबिन बिश्वकर्मा /बराहक्षेत्र
बराहक्षेत्रका केही उर्जाशिल युवाहरूको संयुक्त प्रयासमा निर्माण भएको लघु चलचित्र “आमा” युट्युबमा सार्वजनिक भएको छ। सो चलचित्र बिहिवार बराह भिजन युट्युब च्यानल बाट युट्युबमा सार्वजनिक गरिएको हो।

sahani furniture udyog

चलचित्रको कथा लेखन तथा निर्देशन दिवान सिंह राइले गरेका हुन भने सह-निर्देशन र संबाद प्रबिन खड्काको रहेको छ। सन्तानले अभिभावक प्रती बहन गर्नु पर्ने जिम्मेवारी, अभिभावकको सन्तान प्रतिको माया र एउटा अभिभावक बुढेसकालमा वृद्धआश्रम पुग्नु पर्ने बाध्यतालाई कथामा उतारिएको देख्न सकिन्छ।

चलचित्रमा आदेश गौतम, सुमना पोखरेल, सबिना लामिछाने, प्रबिन खड्का , मनोज आचार्य , अनुमा बस्नेत , राजदिप खड्का, अर्जुन बस्नेत, फडिन्द्र राई, स्नेहा सुबेदी, एन्जिला सुवेदी लगाएत कलाकारको मुख्य भुमिका रहेको छ।
चलचित्रको निर्माण,छायांकन तथा सम्पादन राजन घिमिरेले गरेका हुन।चलचित्रको सम्पुर्ण छायांकन मंसिरमै सकिएको भएपनि याबत कारणले प्रर्दशनमा ढिलाइ भएको निर्माण पक्षले जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.