कपिलवस्तुमा पहिलो पटक कोरोना पुष्ठि

0
Quantam abroad studies

बैशाख २५/ काठमाडौं
कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्ठि भएको छ । काठमाडौं को राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालामा कोरोना अस्पतालमा स्वाबको नमुना जाच गर्दा दुबै जनामा कोरोना पुष्ठि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् भने उनिहरुको अवस्था सामान्य रहेको छ ।ति दुबै युवा मायादेवी गाउँपालिका वार्ड ०२ अभिरावका रहेकाे र हालसालै मुम्बई बाट फर्किएको बुझिएको छ । मायादेवीकाे पकडी स्थित छत्रपाली तिर्थदेवी उच्च मा .वि .मा रहेको क्वारेन्टाईनमा ती दुबै युवालाइ राखिएको छ। कपिलवस्तुमा भने पहिलो पटक कोरोना पुष्ठि भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । तीमध्ये २२ जना निको भएर घर फर्किएका छन् ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.