नवलपरासी पश्चिममा पहिलो कोरोना संक्रमित

0
Quantam abroad studies

रबिन्द्र यादव / बैशाख ३१

नवलपरासी पश्चिम-जिल्लामा पहिलो कोरोना संक्रमित फेला परेका छन् । उनि सजिलै नेपाल छिर्न नसकेपछि अवैध बाटो हुँदै वैशाख २८ गते नेपाल आएको खुलेको छ । उनी भारतीय को भैंसी चराउने बहानामा सिमा छिरेका थिए ।

संक्रमित व्यक्ति प्रतापपुर गाउँपालिका वडा ५ बडकी बैदौली का ३६ वर्षीय पुरुष हुन् । तर उनलाई घर पुग्न नपाउँदै स्थानीयहरुले बैदौली पुलबाट नियन्त्रणमा लिइ गाउँपालिका र प्रहरीको सहयोगमा क्वारेन्टाइन पठाएका थिए । संक्रमित रातभरि बैदौली पुलको एक झोपडीमा रातभरि सुतेका थिए। साथै संक्रमित भारतको दिल्लीमा सिलाई कटाईको काम गर्दै गरेका थिए ,उनी ६ महिना अगाडि दिल्ली गएका थिए ।

जिल्ला स्वास्थ्य कार्यालयले २९ गते उनको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको थियो ।

जिल्लाको प्रतापपुर गाउँपालिकाबाट उनीसहित ३० जनाको कोरोना परीक्षणका लागि स्वाब नमुना संकल गरी राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो ।

रिपोर्ट संकलनमा उनको मात्र पोजेटिभ देखिएको हो ।जिल्लामा कोरोना पोजेटिभ भेटिएपछि स्थानीयमा त्रास बढेको छ ।

हाल क्वारेन्टाइनमै रहेका उनलाई जिल्लाको पृथ्वीचन्द्र अस्पतालको आईशोलेसनमा पठाउने तयारी भैरहेको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माले जानकारी दिए ।

भारतबाट लुकि छिपी नेपाल प्रवेश गर्ने गरेपछि नेपालका विभिन्न जिल्लामा संक्रमित दैनिक बढ्न थालेका छन् । जिल्लाको विभिन्न नाकाबाट दिनहु भारतबाट लुकिछिपि अाउने गरेका छन् ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.