बझाङको बित्थडचिरका थप ७ जनामा आरडीटी पोजेटिभ

0
Quantam abroad studies

उत्तम कुमार थापा /जेठ २
बझाङ – जिल्लाको बित्थडचिरमा थप ७ जनामा आरडीटी पोजेटिभ देखिएको छ । बित्थडचिर- ५ स्थित शिव भवानी मा वि तल्ला भताडामा रहेका ७ जनामा पनि आरडीटी पोजेटिभ देखिएको हो ।

यस अघि आजनै १ जना र बुधबार १ जनामा पनि आरडीटी पोजेटिभ देखिएको थियो ।अझै पनि परीक्षण जारी रहेकाले थप हुन सक्ने आशंका रहेको स्वास्थ्य कार्यालय बझाङका फोकल प्रसन नारायण जोशीले बताए । उनीहरू सबै जनाको नमुना स्वाब संकलन गरेर धनगढी पठाउने तयारी रहेको पनि जोशीले बताए ।

यस अघि बित्थडकै १ जना आरडीटी पोजेटिभ आउँदा उनी सहित ११ जनाको नमूना स्वाब संकलन गरिएको थियो।उनी हरू मध्ये ९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ , १ जनाको बिग्रेको र १ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय प्रमुख भानुभक्त जोशीले बताए ।अहिले जिल्ला अस्पताल बझाङमा ४ जना अाईसाेलेसन मा रहेका छन। अाज मात्र अारडिटी देखा परेकाकाे स्वाब सँकलन गरि पठाएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.