`सीमा नाकामा स्वास्थ्य परीक्षणमा कडाई गरौँ ´ पूर्ब मन्त्री बोहरा

0
Quantam abroad studies

काठमाडौं – पूर्वमन्त्री एवं राप्रपाका नेता दिपक बोहराले भारतीय माल वाहक सवारी साधनका चालक र सह चालक को स्वास्थ्य परीक्षण गरेर नेपाल भित्र्याउनुपर्ने बताएका छन् । खाद्यान्न, तरकारी र फलफूल बोकेर भारत बाट आउने भारतीय बाहनका कारण भारत सँगको सिमावर्ती जिल्लामा कोरोना संक्रमणको जोखिम बढी रहेको अवस्थामा नेता बोहराले सामाजिक सञ्जाल मार्फत यस्तो भनाई राखेका हुन ।

sahani furniture udyog

बिना कुनै स्वास्थ्य परीक्षण भारतीय मालबाहक बाहन नेपाल भित्रिनु खतरायुक्त विषय भएको उल्लेख गर्दै नेता बोहराले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘उद्योग सञ्चालन गर्ने नाममा नेपाल सरकार द्वारा जारी गरिएको यो कार्यलाई शिघ्र रोकी सीमामै कम्तीमा पनि आरडीटी परीक्षण गरी मात्र नेपाल भित्रिने व्यवस्था गरौं, सयमयमै सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण होस् ।’

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.