विजयनगरमा दोस्रो पटकको २६ जनामा गरिएको पिसिआर परिक्षण ‘नेगेटिभ’

0
Quantam abroad studies

राम प्रघट कोरी /जेठ ३

कपिलवस्तु-जिल्लाको विजयनगर गाउँपालिकामा दोस्रो दिन २९ गते २६ जनामा गरिएको पिसि आर रिपोर्ट नेगेटिभ आएको छ । बैशाख सोमवार २६ जनामा पिसि आर स्वाब संकलन गरी कोरोना परिक्षण अस्पताल भैरहवामा पठाइएको मा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना सम्पर्क व्यक्ति कुमार थापाले जानकारी दिनुभएको छ ।

शनिवार आएको सुचना अनुसार सबै रिपोर्ट नेगेटिभ आएको हो । भारतको महाराष्ट्रको मुम्बई, पुणे लगायत विभिन्न ठाउँ बाट आइ गाउँपालिका क्वारेन्टाइनमा उनीहरुलाई राखिएको थिथो ।

त्यस्तै बैशाख २८ गते ५० जनाको स्वाब संकलन गरिएकोमा पिसिआर परिक्षण नेगेटिभ आएको थियो।यसरी गाउँपालिका मा गरिएको पहिलो चरणको पिसि आर ७६ जना सबैको रिपोर्ट नेगेटिभ आएको थापाले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.