
नवलपुर / ७ जेठ जागृति बाल तथा युवा सरोकार नेपाल द्धारा कन्नालन स्विजरल्याण्ड द्धारा नवलपुरका १ जिल्ला अस्पताल र ६ पालिकाहरुमा मेडिकल सामाग्रीहरु एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ ।
नवलपुरको जिल्ला अस्पतालमा ८ लाख १० हजार २९ रुपैया , कावासोती नगरपालिकामा २ लाख ८४ हजार २ सय ४६ रुपैया, देवचुली नगरपालिकामा १ लाख ३३ हजार ६ सय ९४,
हुप्सेकोट गाँउपालिकामा १ लाख ८९ हजार ७७ रुपैया ,
विनयी त्रिवेणी गाँउपालिकामा १ लाख ६४ हजार ३ सय २७ रुपैया, बौदीकालि गाँउपालिकामा १ लाख ६४ हजार ३ सय २७ रुपैया, बुलिङटार गाँउपालिकामा १ लाख ८९ हजार ७७ रुपैया गरि कुल १९ लाख ३४ हजार ७ सय ७७ बरावरको १६५ सेट पि.पि.ई. , ५७ थर्म गन, के.एन. ९५ माक्स ५२५ पिस, ३३५ प्याकेट टप ग्लोब, ५० प्याकेट सर्जिकल ग्लोब, ६५०० पिस पेपर माक्स , ४०० बोटल स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु रहेको थियो ।
सो सामाग्रीहरु कावासोती नगरपालिकाका नगर प्रमुख चन्द्र कुमारी पुन, प्रमुख प्रशासीकय अधिकृत, स्वास्थ्य शाखाका प्रतिनिधीहरु , जिल्ला अस्पताल मध्यविन्दुमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. गोपाल खनाल, व्यवस्थापन समितिका पदाधिकारीहरु, मेडिकल सुपुरिडेन्ट, हुप्सेकोट गाँउपालिकाका अध्यक्ष लक्ष्मी पाण्डे, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख , विनयी त्रिवेणी गाँउपालिकामा गण्डकी प्रदेश सभाका माननीय साँसद जनकलाल श्रेष्ठ, गाँउपालिकाका अध्यक्ष डम्बरबहादुर जिसी , देवचुली नगरपालिकामा नगर उपप्रमुख पार्वता तिवारी, नगरका प्रवक्ता डिलबहादुर खत्रीको उपस्थिती रहेको थियो ।
जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेल , संस्थाका संरक्षक होमनाथ जैसी , सल्लाहकार खिमानन्द भुसाल , कार्यसमितिका पदाधिकारीहरुको उपस्थितीमा सो सामाग्रीहरु हस्तान्तरण गरिएको थियो ।
सामाग्रीहरु ग्रहण पश्चात सो सामाग्रीले यो विपद्को घडिमा महत्वपूर्ण सहयोग गर्ने र सो सामाग्रीहरुको उचीत व्यवस्थापनका साथ सम्पूर्ण स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु र अन्य व्यक्तित्वहरुलाई सहयोग पुग्ने बताउनुभयो ।
स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गर्दा सम्बन्धित पालिकाहरु मा निर्माण हुने क्वारेन्टीन बालमैत्री, किशोरीमैत्री, लैगिँकमैत्री निर्माणको लागि समेत अनुरोध गरिएको छ ।
