हालको कठिन अबस्थामा सरकारले गरेको कामकार्बाही र नेपालको अखण्डता विरुद्धमा भारतीय मिडियाले गरेको दुष्प्रचारप्रती राप्रपा युवा संगठनको प्रेस विज्ञप्ति

0
Quantam abroad studies

सुबिन बिश्वकर्मा/ इटहरी

sahani furniture udyog

राप्रपा निकट युवा संगठनले स्वास्थ्य समाग्री खरिदमा भएको ढिलासुस्ती, अक्षम्य आर्थिक अनियमितता र चलखेल, प्रभावकारी राहत बितरणमा खेल्न नसकेको भुमिकाको बिषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिएको छ। सरकार भारतीयको दबाबमा पर्न सक्ने हुदा नेपालको राष्ट्रिय सुरक्षाको लागि लड्न र प्रतिकार गर्न आफ्नो संगठन सधैं तयार रहेको उल्लेख गर्दै संगठनले प्रेस विज्ञप्ति मार्फत नेपालको अखण्डता विरुद्धको भारतीय मिडियाले गरेको दुष्प्रचारमा समेत आपत्ति जनाएको छ। सरकारले विपन्न वर्ग, मध्यवर्ग तथा साना व्यापारी, उद्योगपति लगायतलाई समेत विशेष राहत र अनुदानको प्याकेज ल्याउन, सबै जनतालाई निशुल्क कोरोना परिक्षण गर्न साथै सरकारले संसदिय विकास कोष, मन्त्री तथा उच्च पदस्थ व्यक्तिहरुको सुविधा कटौती गरि राहत कोष वृद्धि गर्न र आवश्यकता अनुसार जनतालाई वितरण गर्न समेत संगठनले माग गरेको छ। सरकारको नीति तथा कार्यक्रम पनि अहिलेको परिपेक्ष्यमा तारिफ गर्न लायक नभएको भन्दै बिग्यप्तीमा भनिएको छ “केहि दिन अघि सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम विगतको झै कर्मकाण्डी मात्र भएको यस संगठनको ठहर छ । भारतद्वारा अतिक्रमित भूभाग फिर्ता लिने प्रतिबद्धता बाहेक सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमले आशा जगाउन सकेन ।” जारी विज्ञप्तिमा कोरोना भाइरसको संक्रमणबाट हुन सक्ने महामारीको क्षतिलाई रोक्न स्वास्थ्य संस्थामा आवश्यक पिपिई, जाँच गर्ने कीट, भेन्टिलेटरको पनि पर्याप्त रूपमा प्रबन्ध गर्न र सरकारले पर्याप्त मात्रमा देशैभरि क्वारेन्टाइन, आइसुलेसन वार्ड विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार तयार गर्नुपर्ने उल्लेख गरिएको छ। संगठनले नेपाल सरकारले भारतद्वारा विगत ६ दशकदेखि अतिक्रमण गरेको नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी भुभागलाई समेटेर नयाँ राजनीति र प्रशासनिक नक्सा जारी गरेकोप्रति यस संगठनले स्वागत समेत गरेको छ । संगठनले भारतीय अतिक्रमण विरुद्ध राष्ट्रियताको पक्षमा लड्न सदा सर्वदा सम्पुर्ण राष्ट्रवादी युवाहरू तत्पर रहेको पनि बताएको छ । संगठनका अध्यक्ष प्रकाश रिमालको हस्ताक्षर रहेको सो बिग्यप्तीमा नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षाप्रति सरकारले देखाएको दृढता र प्रतिबद्धताप्रति यस संगठनको ऐक्यबद्धता समेत रहेको तर भारतीय पक्षबाट नेपालको अखण्डताको विरुद्ध भइरहेको दुष्प्रचारप्रति संगठनको ध्यानाकर्षण भएको हुदा यस्तो कार्यप्रति संगठनले घोर भत्सर्ना समेत गरेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.