तैबा हॉस्पिटललाइ निशुल्क ५० बेडको आयसुलेशन बनाउन कपिलवस्तु प्रशासनलाई हस्तान्तरण

0
Quantam abroad studies

सुरेश कुमार पाण्डे,जेष्ठ १०
कपिलवस्तु – तैबा हॉस्पिटल कपिलवस्तुको संचालक फैजाल खानले ५० बेडको तैबा हॉस्पिटललाइ आयसुलेशन बनाएर हॉस्पिटलमा भएको सम्पुर्ण बस्तुहरु निशुल्क प्रयोग गर्न कपिलवस्तुको प्रशासनलाई हस्तान्तरण गरेका छन । उनले दिएको जानकारी अनुसार आजै देखि सेवा र हॉस्पिटल संचालन गर्नका लागि प्रशासनलाई हस्तारण गरेका छन ।

उनले भने” बिश्वभर कोरोना भाइरस (COVID-19) महामारीको रुपमा फैलिरहेको र यसबाट संक्रमित भएको ब्यक्तिहरुलाइ आयसुलेशनमा राख्नका लागि सरकार संग गरेको प्रतिबद्धता पूरा गर्दै मायादेवी गाउँपालिका वडा नं.१ रहेको खानको तैबा हॉस्पिटल आज मिति २०७७/०२/१० गते तैबा हॉस्पिटललाइ जिल्ला प्रशासन कार्यालय प्रमुख दीर्घनारायन पौडेल, प्रहरी उपरीक्षक दीप शमशेर राणा, बिधायक सहसराम यादव, बिधायक शुष्मा यादव, मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मी लाइ ५० बेड को तैबा हॉस्पिटललाइ आइसुलेशन बनाएर हॉस्पिटलमा भएको सम्पुर्ण बस्तुहरु निशुल्क प्रयोग गर्न र आजै देखि संचालन गर्नका लागि हस्तारण गर्दा छु ।”

sahani furniture udyog

खानले प्रतिबद्धता पूरा गर्दै कार्यक्रममा उपस्थित भएका पूर्व मन्त्री दान बहादुर चौधरी , वडा नं. २ का वडा अध्यक्ष सरफुद्दीन मुसलमान , उजैर खान, लगायत उपस्तिथती हुनुभएका सम्पुर्णलाई धन्यवाद ब्यक्त गरेका छन ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.