जिल्ला प्रशासन कार्यालय बझाङ मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र

0
Quantam abroad studies

त्तम कुमार थापा, बझाङ
अाज जिल्ला प्रशासन कार्यालय बझाङद्वारा गृहमन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला रहेका अगुवा दलितहरुले सविधानसभा सदस्य अफिलाला अाेखेडाकाे नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बझाङमा ज्ञापनपत्र बुझएकाे हाे ।

ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेलाई बुझाउदै भने ,याे घटना जातिय भेदभाव गर्दै घटेको हाे सँगै बझाङकाे जयपृथ्वी नगरपालिकामा पनि घटेको घटनाको ध्यानाकर्षण गराउदै छिटोभन्दा छिटो कार्वाहीकाे दायरा भित्र ल्याउन अनुराेध गरिएको थियाे ।
जाजरकोट जिल्ला भेरी नगरपालीका वडा नँ ४ राना गाँउका नवराज बिक र रुकुम जिल्ला चौरजाहारी नगरपालीका वडा ८ की सुस्मा मल्ल बिच भएको घटनाको bबिषयलाई लिएर जिल्ला प्रशासन कार्यालय बझाङ मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ ।

बिहिवार दिउसो बझाङ जिल्लाका रहेका दलित सँङ्घटनहरु ले गृह मन्त्रालायलाई ज्ञापन पत्र बुझाएको सँबिधान सभा सदस्य अफिलाल ओखेले बताएका छन ।
ज्ञापन पत्रमा भनिएको छ लामो समयदेखी चलेको प्रेम समन्धलाई विवाहमा परिणत गर्न सुस्मा मल्लले बोलाएपछी केटीको घरमा गएको र गाँउलेहरुले साँघातिक आक्रमण गरी नवराज बिक लगाएत चार जनाको लास फेला परिसकेको र र २ वेपत्ता भएको र १२ जना भागेर ज्यान जोगाउन सफल भएको र सो घटना आपराधिक निन्दनिय र घृणित हुनका साथै यस घटनाले राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा नेपालीको सिर झुकेको र सिङ्गो दलित समुदाए मर्माहत बनाएको प्रति घोर भत्सना भएको बताएका छन ।

साथै २१ औ सताब्दीको प्रविधि युक्त चेतनामा बिस्व चलीरहे को र सँङ्घिय लोकतान्त्रिक गणतन्त्र नेपालको वेइजतीको प्रतिकको रुपमा जातिय छुवाछुतकै कारण भएको र जनपा १ कैलाश मञ्जन बिकको समेत हत्या भएकोमा गम्भिर ध्यान आर्कषण गराएको र यस्ता खालका घटनाहरु आगामी दिनहरुमा घट्न नदिन र बिभेदगारी सामाजिक सँङ्रचनाको पक्षपोण गर्ने र जातिय छुवाछुत गर्ने जो कोहीलाई कानुनी दायारामा ल्याई कारवाहि गर्न माग गरेका छन । अाज जिल्ला ज्ञापनपत्र बुझाउ न सविधानसभा सदस्य अफिलाल अाेखेडा ,जिल्ला समन्वय सदस्य गजेन्द्र सार्की ,नेपाल दलित मुक्ति सँगठन केन्द्रीय सदस्य अानन्दलाल विक लगाएत १९ जनाले बुझाएको शँकर रसाइलीले बताए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.