प्रधानमन्त्री लाइ बिदेश बाट बझाङ का दिपक को खुल्ला पत्र

0
Quantam abroad studies

दोरेन्द्र खड्का , बझाङ
सम्माननिय प्रधानमन्त्री के पि सर्मा ओली ज्यु नमस्कार
म तपाइ को नजर बाट सधै ओझेल परे को दुर्गम बस्ती बझाङ बाट। यो पत्र लेख्दै छु तेति आबश्यक थियन लेख्न तर ! आज लेख्न बाध्य भय!आज २०७७ सोही अनुरूप जेष्ठ १५ अर्थात देशमा गणतन्त्र आएको दिन म जस्तै लाखौ जनता ले अधिकार पायको दिन दमन र शोषण बाट बिचल्लीत लाखौ जनताले मुक्ति पायको दिन ! र सबैले स्वतन्त्र बाच्न पाएको दिन! म सम्झन्छु ति महान योद्धा लाइ जुन यो देशमा गणतन्त्र स्थापित गर्न अहम भुमिका खेल्ने बिर नेपाल आमा का सपुत लाइ ! सलाम ! राजतन्त्र लाइ सदाका लागि प्रास्त गर्दै जनता को हक हितका लागि लडन सधैव तत्पर रहने जननायक लाइ ! यति लेखि रहदा यो नसम्झनुहोस सम्माननीय प्रधानमन्त्री ज्यु कि यो देशका प्रत्येक जनता खुशी साथ जिवन जिरहेका छन ! अह म मान्दिन गणतन्त्र साच्चै जनता को लागि बनेकै छैन ! म जस्तै लाखौ जनता लाइ गणतन्त्र भनेको के हो? भन्ने गणतन्त्र स्थापना को 13औ बर्षमा पुग्दा पनि थाहा पाउनै सकेका छैनन ! जनताहरु सम्मानित शब्द गणतन्त्र लाइ लुटतन्त्र को परिभाषित गरिरहेका छन! मानौ कि यो देशमा गणतन्त्र जनता को लागि बनेकै छैन! देशमा भ्रष्टाचार दिनदहाड़े दिन 2 गुना रात 4 गुना भैरहेको छ! हत्या हिंसा बल्तकार चोरी डकैती ले सिमा नाघि रहेको छ तर मेरो सरकार किन मौन? मलाइ लाग्छ देशमा एक राज लाइ प्रास्त गरि हजारौ छोटे राजा जन्माउन को लागि गणतन्त्र स्थापित भयको महशुस भैरहेको छ !

कागजको टुक्रामा लेख्न त लेखियो गणतन्त्र जनताको सधैव हक हित को लागि छ तर खै मेरो सरकार ब्यबहार मा कार्यन्वयन हुन सकेको ? जनता को दुखै दुख ले भरियको जिवनको रंगमन्चमा तपाइको रंङगिन भाषण ले जनता को जिवन रङगिन हुदैन मोहदय ! सुखी नेपाल समृद्ध नेपाल भनेर कति सम्म खोक्रो भाषण दिन्छौ ! ए पख एक छिन रोक्नुहोस है , साच्चै शुखी नेपाल समृद्ध नेपाल पनि भयको देखेको छु र भयको पनि त ! भुसुक्कै बिर्सिहाले छु!

गणतन्त्र को दुनियाँ मा लुटतन्त्र मच्चाइ रहेका तपाइ र तपाइ का आसेपासे छोटे राजा हरुको लागि पक्कै सुखी नेपाल समृद्ध नेपाल बनेको छ ! तर हामी जस्ता कयौ घर बार बिहिन गरिब दिनदुखी मजदुर दलित जनजातिका लागि सुखी नेपाल समृद्ध नेपाल कहिले बनेको छैन ! प्रधानमन्त्री ज्यु तपाइ कै नेता अथवा कार्यकर्ताले लुटतन्त्र मचाइ रहदा भष्ट्राचारमा लिप्त भैरहदा किन मौन? हामी जवाफ चाहान्छौ ! गणतन्त्र को अथाह लाभ तपाइ र तपाइ कै आफन्त लाइ भयको आजकान दिन सम्म आउदा प्रष्ट देखि रहेका छौ ! सम्मानित प्रधानमन्त्री ज्यु म बिन्ती गर्छु तपाइ यदि जननेता हो भने गरिब जनताकोहरु को मर्म बुझिदेउ गणतन्त्र साच्चिकै गणतन्त्र बनाइदेउ ! म जस्तै हजारौ युवा युवती दुइ छाक टार्नकै निमित्त प्रदेशियका नेपालमै स्वरोजगार उपलब्ध गराइदियोस ! समाजमा भष्ट्राचार निर्मुल बन्ने वातावरण बनाइदियोस ! सामज मा अनैतिक काम गरि दोषी भयका हरेक ब्यक्तिलाइ कडा भन्दा कडा सजाय को प्रबन्ध मिलाइयोस !तपाइका आखाले हरेक दृष्टिकोणले पिछडियका जनता को बस्ती सम्म पुगोस! र बल्तकारी गरि बिभत्स हत्या गरिएकी निर्मला पन्तले न्याय पावस ! प्रेम गरेकै कारण जातिय आधारमा मारिएका नबराज बि क ले न्याय पावस! 33 किलो सुन काण्डका नाइकेहरु लाइ कडा कारबाही गरियोस ! र यस्तै हजारौ काण्डले न्याय पावस !तब मात्र यो मुलुक मा गणतन्त्र आयो को हजारौ जनता लाइ आभाष गर्न छन ! गणतन्त्र लेखिको सम्मानित किताब ले सम्मान पाउने छ ! सम्मानित प्रधानमन्त्री जुन आज सम्म तपाइ कै पार्टीका जननायक मदन भणडारी लाइ जनता ले वाहा वाहा गरिरहेका छन त्यसैगरी वाहाको पात्र बन्नु हुने छ ! म सम्झी रहन्छु हुन त देशको सबै भन्दा ठुलो सर्वच्चो पदमा आफनै श्रीमती राष्ट्रपति हुदा हुदै जननेता मदन भणडारी लाइ यतिका दशक सम्म त न्याय नदिन सक्ने मेरो देश ! देशका अन्य सर्वसाधारण ले कसरी न्यायको आशा गर्लान र?

यसको एउटै कारण छ स्वार्थ प्रधानमन्त्री ज्यु तपाइ एक चोटी आफनो स्वार्थ भन्दा माथि उठेर जनता को हितको लागि काम गर्नु होस साच्चिकै सुखी नेपाल समृद्ध नेपाल हाम्रै पालामा देख्ने छौ!देश मा गणतन्त्र आयको यत्रो दशक बित्ता पनी मलाइ अधिकार खै भन्नु पर्छ मेरो देश कठै उदेक लाग्छ अब यस्तो नहोस! तपाइ कै पाला यो यस्ता समाज का घातक रोग बाट देश मुक्त गराउनु होस तपाइका शुभचिंतक म जस्ता हजारौ लाखौ युवा तपाइ को समर्थन मा जुट्नेछन!! गणतन्त्र साच्चिकै कै गणतन्त्र जस्तो होस 13 औ गणतन्त्र दिवश को शुभकामना!
तपाइको शुभचिन्तक
दिपक बि क
बझाङ मष्टा गा.पा 2 खिकाला
हाल भारत ब्याङलोर

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.