रुकुम पश्चिम घटनाको विरोधमा परासीमा कोणसभा, सिडिओलाई ज्ञापनपत्र

0
Quantam abroad studies

परासी, १५ जेठ
यही जेठ १० गते रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा भएको घटनाको विरोधमा परासीमा कोणसभा गरिनुको साथै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाईएको छ ।

जिल्लाका दलित अगुवाहरुले परासीको बुद्धचोक मा आयोजित कोणसभा र प्रजिअलाई बुझाएको ज्ञापनपत्र मार्फत उक्त घटनाको निन्दा गरेका छन् । घटनाको निष्पक्ष छानविन गरी दोषीहरूलाई कानून सम्मत कारबाही गर्न नेपाल दलित मुक्ति संगठन पश्चिम नवलपरासी र नेपाल दलित संघ पश्चिम नवलरासीले जोडदार माग गरेका हुन् ।

संविधानसभा सदस्य दुलारी हरिजनले कोणसभालाई सम्बोधन गर्दै पाँच जना होनहार युवाको मृत्यु भएको र एक जनाको स्थिति अझै अज्ञात रहेको उक्त घटनामा कतिपयलाई कुटपिटसमेत गरिएको भन्दै घटनाको सत्यतथ्य छानविन गरी दोषिलाई कडा कारवाही गर्नुपर्ने माग गर्नुभयो । उहाँले जातीय छुवाछुत र भेदभाव अन्त्य गर्न माग गर्नुभयो ।

दण्डहीनताको निरन्तरता र कहालिलाग्दो सिलसिलाका कारण जातीय विभेदका घटनाहरू वृद्धि भइरहेको भन्दै नेपाल दलित मुक्ति संगठनका नेता विर बहादुर विकले रुकुम पश्चिममा भएको दुर्दान्त घटनाका दोषीहरू मथि कारबाही नहुने हो भने मानवता पराजित हुने र अन्याय पुरस्कृत हुने बताउनुभयो ।

दलित अगुवा एव सुनवल नगरपालिकाका कार्यपालिका सदस्य अर्जुन सुनारले उक्त घटनाका दोषिलाई कारवाही नगरीए आन्दोलन देशव्यापी चर्काउने चेतावनी दिनुभयो । रुकुम पश्चिम घटनाका सन्दर्भमा यथासक्य अनुसन्धान प्रक्रिया अघि बढाई पीडितको सुरक्षा र न्याय तथा दोषीहरु लाई कानुन सम्मत कारबाही गर्न नेपाल दलित संघका जिल्ला अध्यक्ष मोहन विकले माग गर्नुभयो । उहाँले यस घटनाको भत्र्सना गर्दै जातीय छुवाछुत विरुद्ध सवै दलित समुदाय एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

संयुक्त दलित अधिकार मञ्चका अध्यक्ष गणेश विश्वकर्माले उक्त घटनाको निन्दा गर्दै आगामी दिनमा समाजमा यस्ता घटना दोहोरिन नदिन निर्मम तरिकाले कानूनको कार्यान्वयन गराई नेपालको संविधान र मानवअधिकारको पुर्ण ग्यारेण्टी गर्न माग गर्नुभयो । उक्त अवसरमा सुनवल–५ का वडाध्यक्ष थमनसिंह नेपाली , बर्दघाटका वडाध्यक्ष मोतिलाल सुनार, रामग्रामका वडा सदस्य तारा नेपाली लगायत दलित अगुवा हरुको सहभागिता रहेको थियो ।

जाजरकोट भेरीगङ्गा नगरपालिका वडा नं. ४ रानागाउँका महनलाल विश्वकर्माका छोरा वर्ष २१ का नवराज विश्वकर्मा र पश्चिम रुकुम चौरजहारी नगरपालिका वडा नं. ८ का वीर बहादुर मल्लकी छोरी वर्ष २० कि सुष्मा मल्ल बीच भएको अन्तरजातीय प्रेम र विवाहको विषयलाई लिएर चौरजहारी नगरपालिका ८ सोतीमा हत्या , बेपत्ता र कुटपिट काण्ड भएको थियो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.