अस्थाई ट्राफिक प्रहरी पोष्टमा कार्यरत ट्राफिक प्रहरीहरुलाई सबारी साधन नहुदा समस्या

0
Quantam abroad studies

दोरेन्द्र जङ्ग खड्का , जेष्ठ १५
बझाङ – जिल्लामा रहेको ट्राफिक प्रहरी पोष्टमा कार्यरत ट्राफिक प्रहरीहरुलाई सबारी साधन नहुदा निकै समस्य भोग्नुपरेको छ ।
बझाङ जिल्लाका बिभिन्न स्थानियतहमा सडक सँञ्जाल बिस्तार भएसँङगै ट्राफिक प्रहरीलाई चुनौति बढेको अस्थाई ट्राफिक प्रहरी पोष्ट बझाङका प्रमुख लक्ष्मीराज जोशीले बताए । जोशीका अनुसार जिल्लाका सवै स्थानिय तहमा सडक सँञ्जाल जोडीए पछी जिल्लामा भईरहने दुर्घटना न्युनिकरणका लागी चुनौति थपिएको बताए ।

उनले भने कहिकतै घटना दुर्घटना भै हाल्यो भने दुर्घना ग्रस्त ठाँउमा जाँदा कित हिडरै जानुपर्ने कित सवारी साधनहरुमा लिफ्ट लिनुपर्ने र कुनै सवारी धनीहरुले लिफ्ट दिने कसैले नदिने गरेको बताए ।

यता यस बिषयमा कुराकानी गर्दा बझाङ जिल्लाका प्रहरी प्रमुख गणेश वमले भने सरकारको वजेट अभावका कारण समस्या भएको र अव स्थानिय तहले ट्राफिक प्रहरीका लागी पहल गर्नुपर्ने बताए ।

Leave A Reply

Your email address will not be published.