रुकुम हत्या काण्डको विषयमा जसपाको सम्वाद ; ६ बुँदे निष्कर्ष,पीडितको आवाज बुलन्द गर्ने

0
Quantam abroad studies


जेष्ठ १५
पश्चिम रुकुममा भएको सामुहिक हत्या काण्डको बिषयलाई लिएर जनता समाजबादी पार्टीले आज आनलाइन भेट बाट सम्बाद गरेको छ । तत्कालीन सपाका राष्ट्रिय उपाध्यक्ष नवराज सुबेदीको नेतृत्वमा भएको सम्बादमा केन्द्रीय सचिव दुर्गा सोब , केन्द्रिय सदस्य शुशिला श्रेष्ठ , नारायण खनाल ,बिष्णुहरि शर्मा ,मनिकर कार्की , प्रदेश ५ को अध्यक्ष अशोक कुमार यादव, बुद्धजीबी सुरेन्द्र चौधरी र दलित अधिकारकर्मी बुद्ध सुनारको बीचमा भएको सम्बाद बाट निम्न अनुसार ६ बुदामा निष्कर्ष निकालेको छ ।

१. २०७७ जेष्ठ १० गतेका दिन रुकुम प्रश्चिम चाैरजहारी नगर पालिका बडा नम्बर ८ निवासी वर्ष १७ कि शुष्मा मल्ल र जाजरकोट जिल्ला काे भेरी नगर पालिका ४ बस्ने बर्ष २१ का नबराज बिक वीचको प्रेम सम्बन्धलाई कोरोना भाईरस (कोभिड-१९)का कारण सरकार द्वारा गरिएको लकडाउनको बहानामा वडा नं. ८ का वडा अध्यक्ष सहित स्थानियवासी जो कोहीले घटना घटाए पनि याेजना बद्ध र सुनियोजित षड्यन्त्रको चक्रब्युह रचि जातिय साम्प्रदायिकता भडकाएर सामाजिक सद्भाव विथोल्ने गरि हातहथियार सहित लखेटी लखेटी ढुङ्गामुढा प्रहार गरि डोरीले वाधेर निर्मम तरिकाले गरिएको विभत्स हत्या अापत्ती जनक रहेको छ ।

२.यस्ता खालका घटनाको जतिसुकै निन्दा र भर्त्सना गरे पनि कम हुन्छ । यो घटनाले २१ औ शताब्दीमा मानव जातिले हासिल गरेको चेतना र प्रगति माथिको आक्रमण मात्र नभएर मानव समुदायको बौद्धिकता माथि प्रश्न उब्जाए को छ ।

३.सदियौं देखि शाेषण, उत्पिडन र सामाजिक बिभेदमा परिएका दलित समुदायहरु माथि अन्तरजातिय प्रेम सम्वन्ध संग जोडेर निश्चित सम्प्रदायका मानिसले अरु अभिजातिय मानिस संग प्रेम सम्बन्ध गर्न नहुने जस्ता सामाजिक कुरिति लाई थप प्रसय दिएकोले, अहिले पनि नेपाली नसमाजमा व्यापक धर्म, वर्ण, जाति र सम्प्रदायको नाममा विभेद रहेको प्रमाणित गरेको छ।

४. यस घटनाले संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय महासन्धी- १९६५ लाई नेपाल सरकारले २०२७ माघ २७ मा अनुमोदन गरे पनि छुवाछुत संवन्धि ब्यवस्था गरिएको नेपालको संविधान २०७२ मात्र नभई , संयुक्त राष्ट्र संघको मानव अधिकार संवन्धि विश्वब्यापी घोषणापत्र- सन १९४८ लाई चुनौति दिएको छ ।

५.यस घटनाको ढाकछोप र तोडमडोर गरेर पार्टीका कार्यकर्तालाई बचाउनका लागि भैरहेको प्रयासले समाज परिवर्तन र व्यवस्था परिवर्तनका लागि नेपालको विभिन्न एतिहासिक आन्दोलन , दस वर्षिय जनयुद्ध र २०६२/६३ को आन्दोलनमा होमिएर त्याग र वलिदान गरेका महासयहरुको गतिविधिले सत्ता प्राप्त गरेपछि ती कुराहरु विर्षिदो रहेछ भन्ने कुरा पुष्टि हुन्छ ।

६. यस घटनाका मुख्य योजनाकार र दोषिहरुलाई निर्दोष सावित गर्ने , सर्बसाधारण गरिव असहाय लाई फसाउने सर्बहारा बर्गका राता जमिन्दारहरुले यतिबेला निकै पसिना बगाइ रहेको देखिएकोले खबरदार !!! हत्याराहरु लाई कडा भन्दा कडा कार्बाही गर ! पिडित लाई न्याय दे !
यही आबाज बुलन्द गर्ने समझदारी सहित अगाडि बढने निष्कर्ष निकालिएको प्रदेश प्रवक्ता अकरम पठानले जानकारी दिएका छन ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.