पश्चिम रुकुमको घटनामा राजनीतिक तथा आर्थिक प्रलोभन बाट प्रभाव नभई निष्पक्ष छानबिन गर्न दलित समाज बराहक्षेत्रको माग

0
Quantam abroad studies

सुबिन बिश्वकर्मा/ बराहक्षेत्र
रुकुमको चौरजहारी नगरपालिकाको घटनामा ज्यान गएका नबराज बिक सहित ५ जनाको हत्यामा संलग्न दोषीलाई हदैसम्मको कारवाही गर्न नेपाल संयुक्त दलित समाज बराहक्षेत्र नगर कार्यसमितिले माग गरेको छ ।
समाजले बिहिवार प्रेस विज्ञप्ती जारी गर्दै २१ औ शताब्दीमा पनि दलित समुदायका युवाहरू माथी गैरदलित समुदायबाट बर्बतापूर्वक आक्रमण र हत्या हुनु निन्दनिय र लज्जास्पद विषय रहेको बताइएको छ ।

sahani furniture udyog

समाजका अध्यक्ष रत्न बहादुर रम्तेल र सचिब तिलक बिश्वकर्माले प्रेस बिज्ञप्ति जारी गर्दै घटनालाई तोडमोड गरि दोषीलाई राजनीतिक आश्रय दिन खोजेको भन्दै आपत्ति जनाएको छ। बिग्यप्तीमा भनिएको छ, घटनामा राजनीतिक तथा आर्थिक प्रलोभन बाट प्रभाव पार्ने सम्भावना रहेको हुदा नेपाल प्रहरीले यश घटनालाई गम्भीरता पुर्बक अनुसन्धान गरि दोषीलाई कडा bकार्बाही गर्न र त्रासमा रहेको पिडितका परिवारको जिउ धन सुरक्षा सुनिश्चित गर्न माग गर्दछौ।

रुकुमको चौरजहारीको सुष्मा मल्ल र जाजरकोटका नबराज बिक बिच प्रेम सम्बन्ध भएको र अन्तरजातीय बिबाहको लागि केटिको घरमा पुग्दा घटना भएको हो । यस घटनाले दुखित तुल्याएको भन्दै क्रुर अमानबिय बरबर्तापुर्ण कार्यको घोर निन्दा गर्दै घटनाको निष्पक्ष रुपमा शिघ्र अनुसन्धान गरि सामुहिक कुटपिट , जातीय भेदभाव लगाएतका कसुरमा संलग्न लाई फौजदारी दण्डको उपर सजाय दिलाउन समेत माग गरेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.