राप्रपा निकट नेता रसाइलीले भने, २१ औ शताब्दीमा पनि अन्तरजातीय बिबाहले ज्यान गुमाउनु अपच्य कुरा हो।

0
Quantam abroad studies

बराहक्षेत्र / जेष्ठ १६ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भात्री संगठन उत्पिडित संघ सुनसरीका अध्यक्ष सुरेस रसाइलीले पश्चिम रुकुममा भएको अन्तरजातीय बिबाहको घटना एकाईशौं सताब्दीमा बर्बर घटना हुदा यसको सबतन्त्र छानबिन दोषीलाई कडा कार्बाही हुनुपर्ने बताएका छन ।

sahani furniture udyog

सरकारले छुवाछुत प्रथाको अन्त्य गरेको धेरै दशक भैसके पनि आज सम्म यसले कलंक का रुपमा समाजमा जरा गाडेर बस्नु दुखद् भएको उनको भनाइ छ। उनी भन्छन, २१ औ शताब्दीमा पनि अन्तरजातीय बिबाहले ज्यान गुमाउनु अपच्य कुरा हो । जाजरकोटको भेरी नगरपालिका ४ खलंगाका नवराज विक र रुकुम पश्चिमको चौरजहारीकी सुष्मा मल्ल बीच तीन वर्षदेखि प्रेम सम्बन्ध थियो। केटी पक्षले दलित भएकै निहुँमा कुटेर हत्या गर्नु निन्दनीय भएको अध्यक्ष रसाइलीले बताए। रसाइलीले गाउँलेहरूको कुटाइ बाट नवराज सँगै ५जनाको मृत्यु भएको र वेपत्ता पारिएको हरुको निश्चपक्ष छानवीन गरि दोषी माथी कडा कारबाही गर्न सरकार सँग माग गरेका छन । सदियौ देखि जरा गाडेर बसेको छुवा छूत हट्न अझै समय लाग्न सक्ने भए पनि यस सम्बन्धी विशेष निति नियम बनाउन सरकारले ध्यान दिनुपर्ने मा उनले जोड दिएका छन ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.