
उर्मिला यादव सुनवल ,जेठ १७
पश्चिम नवलपरासीमा सवारीसाधन दुर्घटना हुदा उपचारको क्रममा १जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छ्न। मृत्यु हुनेमा बर्दघाट नगरपालिका १५ पृथ्वी बस्ती बस्ने २४ बर्षिय अनुरोध चमार रहेका छ्न भने घाइते दुबै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार शुक्रवार बर्दघाट नगरपालिका १४ नारायण चोक स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जादै गरेको लु ५७ प १२८५ नम्बरको मोटरसाइकल लाई बिपरित दिशाबाट आउदै गरेको ट्याक्टरले ठक्कर दिई ३ जना घाइते भएका थिए भने घाइते मध्ये मोटरसाइकल चालक चमारको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो। ठक्कर दिने लु ४ त १६०९ नम्बरको ट्याक्टर सहित चालक नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
उता सिमा प्रहरी चौकी महेशपुर बाट खटिएको प्रहरी गस्ती टोलिले आज अबैध मालसामान पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका अनुसार पाल्हिनन्दन गाउपालिका १ र २ स्थित अबैध रूपमा भन्सार छ्ली चोरी पैठारी गरि भारत बाट नेपाल तर्फ ल्याएको विभिन्न किसिम का कपडाहरु, काजु, बदाम , किसमिस ,जिरा,साउफ गरि अन्दाजी १ लाख २८ हजार १ सय ४० रुपैया मुल्य बराबर को मालसामान प्रहरीले बरामद गरेको हो ।
यस्तै गरि नेपालबाट भारततर्फ लैजादै गरेको मटर ४२५ केजि, मटर दाल १ सय केजि गरि अन्दाजी ४८ हजार २ सय ५० मुल्य गरि कुल १ लाख ७६ हजार ३ सय ९० रुपैयाँ बराबरको मालसामान बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएका मालसामान आवश्यक कार्वाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइने जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिनु भएको छ ।
