प्रतिमा विश्वकर्मा , जेठ १७ कपिलवस्तु
पुर्वराज्यमन्त्री मिश्रकाे पहलमा दुई दर्जनबढी पिपिई कीट वितरण गरिएकाे छ।
जिल्लाका कृष्णनगर नगरपालिका क्षेत्रका संचारकर्मी, केहि समाजसेवी तथा केही स्वास्थ्यकर्मी हरुलाई दुई दर्जन पिपिई किट नेकपा कृष्णनगर नगर कमिटि अध्यक्ष जावेद खाले स्थानान्तरण गरेकन हुन । पुर्वराज्यमन्त्री ईश्वर दयाल मिश्रकाे पहलमा स्वास्थ्य मन्त्रालयले काेराेना संक्रमणमा प्रत्यक्ष असर गर्ने संचारकर्मी र स्वास्थ्यकर्मीहरु लाई पिपिई कीट प्रदान गरिएकाे छ। जिल्लामा संक्रमण बढदै गएकाेले सिमा क्षेत्रसंग सटेकाे कृष्णनगर क्षेत्रका संचारकर्मीहरु बढी जाेखिममा परेका छन । जिल्लाका चार संचारकर्मीमा काेराेना संक्रमण देखिएकाले हामीले मन्त्रालयसंग समन्वय गरि सुरक्षित राख्न कीट स्थानान्तरण गरिएकाे पुर्वराज्यमन्त्री मिश्रले बताउनु भएकाे छ।
स्थानान्तरण कार्यक्रममा कृष्णनगर नगरपालिकाका उपमेयर सल्लाहकार तुफेल खां, वडाध्यक्ष जमिल खां, साहिद खां, समाजसेवी बिर्जेश कुमार गुप्ता लगायतकाे उपस्थिति रहेकाे थियाे ।