
नबिन यादव ,सप्तरी
सप्तरीमा दुईजना झुन्डिएर आत्महत्या गरेको घटना बाहिर आएकोछ । जिल्लाको कंचनरुप नगरपालिका ७ बस्ने ३५ वर्षिया रम्भादेवी रामले शनिबार राती आफ्नै घरमा शलको पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । घटना बारे थाहा पाउनासाथ प्रहरी टोली गई अनुसन्धान सुरु गरेको डिएसपी तिलक भारतीले जानकारी दिए ।
यसैगरि महदेवा गाउँपालिका ४ डाढा टोल बस्ने १४ वर्षिया किशोरी सन्तोषि मण्डलले पनि शनिबारै राती आफ्नो घरको कोठामा सलको पासो लगाई पंखामा झुण्डिएर आत्महत्या गरेको उनले जानकारी दिए । घटनाको कारण भने खुल्न नसकेको र अनुसन्धान भइरहेको डिएसपी भारतीले बताए ।
