को भारतीय ? को राष्ट्रबादी ?

1
Quantam abroad studies

✍️महेश राज कुर्मी ,जेष्ठ २७

नेपाल म जब जब राष्ट्रिय मुद्दा उठछ जब जब गैर खस आर्य को अधिकारको कुरो उठछ तब तब मधेसीको पहिचान स्वाभिमान आत्मसम्मान र राष्ट्रियताको माथी प्रश्न चिन्ह खडा हुने गरेको छ । के राष्ट्रबादी हुन दिनहुुँ भारतलाई गाली दिनैपर्छ ?
नेपालका शिर्ष नेताहरु को जन्म र कर्म भुमी को रुपमा रहेको भारतमा हामी मधेसीको रोटी बेटीको सम्बन्ध मात्रै छ त्यै पनि राष्ट्रियता को सवाल म हरेक पटक मधेसी ले परिक्षा दिनु परिरहेछ ।
राष्ट्रको कुनै पनि ठुला ठुला सम्झौता हरु पहडिया शासकले गरे , त्यो पनि दिल्लीमा बसेर । भारतीय राजदुतावासको चाकडी गरेर स्वार्थ पुर्ति गर्ने खसबादी नेता , सत्ता जोगाउन आशीर्वाद लिन ढाकाटोपी लगाएर दिल्ली धाउने राष्ट्रबादी अनि मधेसीलाई भारतीय देख्ने ? देशको उत्तर बाहेक तीन तिर भारतको नै खुला सिमाना रहेकोले सिमानातिर बसोबास गर्ने नेपाली नागरिकहरुले दैनिक उपभोग्य समाग्री लगायतका अन्य सरसामानहरु सिमाना वारीपारी खरिदबिक्री गरेर केही फाइदा आवश्य लिइरहेका छन चाहे मधेसी , थारु हुन वा पहाडी समुदाय । सिमाना वारीपारी हुँदैमा राष्ट्रघाती हुदैनन् । भारतले हरेक बर्ष केही न केही सहयोग गरेकै छ हाम्रो देश नेपाललाई , के त्यसमा मधेसीको लागि मात्रै तोकिएको हुन्छ ? अहिले २ अर्ब ९५ करोड रुपैयाँ बिद्यालय पुर्न निर्माणको लागि दिने घोषणा भयो त्यो मधेसी समुदायको लागि मात्रै हो ?

sahani furniture udyog

मधेसी समुदाय बाट नेतृत्व गरिरहेका केही नेताहरुको पनि रोटीबेटी कै नाताले गर्दा भारतीय नागरिक सँग ब्यक्तिगत सम्बन्ध नभएको होइन । यति हुँदैमा मधेसीहरु देशद्रोही हुन ? होइनन् कदापि होइनन् ।
राजा, राणा देखि लिएर देउवा , ओली ,प्रचण्ड बाबुराम होउन वा मधेश अन्दोलन गर्ने मधेसबादी दलका नेता होउन ।
यदि भारत वास्तमै हाम्रो देशको लागि घातक सत्रु हो भने भारत लाई बन्देज गर सरकार दसगजा म काडेतार लगाओस भारत लाई सत्रु राष्ट्र घोषित गरोस हैन भने बारम्बार मधेसी को पहिचान स्वाभिमान र राष्ट्रियता म प्रश्न चिन्ह खडा गर्ने लाई कार्यवाही होस ।
हामीलाई जाती धर्म संस्कार संस्कृती भाषा र पहिरन लाई लिएर हाम्रोब खिल्ली र मजाक उडाउने लाई राष्ट्रिय गान को बेइज्जती गरेको बराबर सजाय दे सरकार।

Kapilvastu Technical Institute
  1. OM PANDEY says

    राम्रो लेखाई , सकारात्मक ऊर्जा को साथ अगाडी बढदै जानु भाई हामी जति सक्दो सहयोग गर्छम ।

Leave A Reply

Your email address will not be published.