
जेष्ठ २७
रुपन्देही – जिल्लाको तिलोत्तमा नगरपालिकामा गएराति एकै साथ ५ जनाको निर्मम हत्या भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १० कान्छि बजारका कृष्ण पुन को गाई फर्ममा काम गर्ने ६ जना मध्ये मधेसी मुलका ५ जनाको हत्या भएको हो । उनिहरु संगै काम गर्ने अर्का १ माथी हत्याको आरोप लागेगो छ र अहिले उनी फरार रहेका छन् । कृष्ण पुनको गँगादेवी पशुफार्ममा सँगै काम गर्ने सुर्खेतका झपेन्द्र सिँजालीले १ जना महिला र ४ जना पुरुष गरि ५ जनालाई कोदालाले हानेर हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुसन्धान बाट खुलेको जानकारी प्राप्त भएको छ । उक्त गाई फार्ममा कार्यरत माधव मुसहर, जानकी मुसहर , पोखराज मुसहर , करण चौधरी र आशिष चौधरीको निर्मम हत्य भएको छ।घटना बारे बुझ्न अहिले घटना स्थालमा प्रहरीले अनुसन्धान जारी रखेको छ ।
