बराहक्षेत्रमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, ९१ जनामा अझै क्वारेन्टिनमा

0
Quantam abroad studies

बिन बिश्वकर्मा/ बराहक्षेत्र
बराहक्षेत्र नगरपालिका ६ स्थित महेन्द्र माबिको क्वारेन्टिनमा रहेका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
उक्त क्वारेन्टिनमा रहेका २० जनाको स्वाब संकलन गरिएकोमा मंगलबार एक जनाको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको बराहक्षेत्र नगरपालिकाकि स्वास्थ प्रमुख सुलोचना चौधरीले जानकारी दिइन । उनका अनुसार संक्रमित ब्यक्ति बराहक्षेत्र नगरपालिका ८ नम्बर वडाका ३० बर्षिय युवक हुन।

sahani furniture udyog

स्वाब संकलन गरिएको हप्ता दिन ढिलो गरि आएको रिपोर्टमा २ जना स्वास्थकर्मीको पनि स्वाब परिक्षण गरिएको थियो जसमा दुबै जनाको जनाको पिसिआर रिपोर्ट नेगेटिभ देखिएको नर्सिङ प्रमुख दीपा अधिकारीले बताइन। अधिकारीका अनुसार आज १४ जनालाई होम क्वारेन्टिनमा पठाएइको छ भने संक्रमित एक युवा सहित उनका ग्रुपमा रहेका ५ जनालाई यथास्थानमा राखिएको छ।

यसैगरी बराहक्षेत्रमा अन्य स्थान बाट आएका ब्यक्तिहरु कालाबंजरमा ७,मधुबनमा ११, प्रकाशपुरमा ५९ र चक्रघटिमा १४ जना गरि ९१ जना क्वारेन्टिनमा रहेका छन।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.