कपिलवस्तु ,असार १
आज दिउँसो कपिलवस्तुमा थप १२ जनामा कोभिड १९ संक्रमणको पुष्टि भएको छ। यससंगै कपिलवस्तु जिल्लामा कोभिड १९ संक्रमीतको संख्या ६४६ पुगेको छ ।
यी संक्रमीत बाडगगा नगरपालिका वाड नम्बर २ का बर्ष २० का १ जना पुरुष , वाड नम्बर ३ का बर्ष २२ , २४ का २ जना पुरुष , वाड नम्बर ४ का बर्ष ४० , ४१ का २ जना पुरुष , वाड नम्बर १० का बर्ष १९ , २५ , ३५ का ३ जना पुरुष र वाड नम्बर ११ का बर्ष २१ का १ जना पुरुष गरि कुल ९ जनामा कोभिड १९ पोजेटिभ पुष्ठि भएको छ ।
यस्तै विजयनगर गाउँपालिकाको वाड नम्बर १ का बर्ष २१ , २९ का २ जना पुरुष र वाड नम्बर ३ का बर्ष २६ का पुरुष १ जना गरि कुल ३ जनामा कोभिड १९ पोजेटिभ पुष्ठि भएको छ।
सबै जनाको नमुना काठमाडौमाको टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गरिएको हो ।