नवलपरासी पश्चिममा भारतबाट भन्सार छलेर ल्याउँदै गरेको कपडा बरामद

0
Quantam abroad studies

रबिन्द्र यादव , असार १ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा भारत हुँदै महेशपुर नाका बाट भन्सार छलि गर्दै नेपाल ल्याउँदै गरेको २ लाख माथिको कपडा तथा हार्डवेयर सामान बरामद गरिएको छ । सिमा प्रहरी चौकी महेशपुर बाट खटिएको प्रहरी टोलीले १ लाख ५० हजार ८ सय मुल्य बराबरको लेडिज कुर्ता सुरुवाल सरावल गाउँपालिका ७ बुलन्दपुरबाट बरामद गरेको बताएको छ ।

यस्तै पाल्हिनन्दन गाउँपालिका २ गोपालपुरबाट पनि १ लाख ३३ हजार २ सय ८४ मुल्य बराबरको हाडवयरको सामान बरामद गरेको छ । उक्त बरामद सामान आवश्यक कारबाहीका लागी महेशपुर भन्सार कार्यालय पठाइएको नवलपरासी पश्चिमका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.