
नबिन यादब , असार १ सप्तरी – जिल्लाको तिलाठी कोइलाडी वडा नम्वर ७ का शिवशंकर मण्डललाई आइतवार प्रहरीले पक्राउ गरेको छ ।
२०७६ साल असार १८ गते राति ८ बजेको समयमा एक १५ वर्षिय किशोरीलाई तिलाठी कोईलाडी गाउपालिका वडा नम्वर ७ स्थित लक्ष्मीबल्लभ नरसिंह माध्यमिक विद्यालयको कम्पाउण्डमा मजदुरीमा कामकाज गर्न आएको बेला फेन्टामा वाईन खुवाएर बलत्कार गरेका थिए । करिब ५ बर्ष देखी शिबशकर मंडल सोही स्कुलको रेखदेख गर्ने कर्मचारी रुपमा काम गर्ने गर्थे।
जबरजस्ती करणी गरी मण्डल फरार रहँदै आएका थिए । अहिले मण्डललाई विशेष सुराकीको आधारमा गाउँ बाटै पक्राउ गरिएको छ । उनलाइ पक्राउ पछि सप्तरी जिल्ला अदालत बाट म्याद थप भई थप अनुसन्धान कार्य अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
