प्यारालाईसिस पीडितलाई मिना राइले गरिन आर्थिक सहयोग

0
Quantam abroad studies

सुबिन बिश्वकर्मा/ बराहक्षेत्र / असार १

sahani furniture udyog

बिगत दुई बर्ष देखि प्यारालाईसिसले दुबै खुट्टा नचल्ने अबस्थामा रहेका वसन्त आले मगरलाई हङ्कङ निवासी मिना राईले आर्थिक सहयोग गरेकी छन।
राइले बराहक्षेत्र ३ का समाजसेवी एबमं बौद्धिक ब्यक्तित्व मोहन राई `मनु´ को पहलमा ४० हजार रकम बराबरको सहयोग गरेकी हुन। आइतबार प्यारालाईसिस पीडित बिरामी मगरको निज निवास प्रकाशपुरमा पुगी लत्ताकपडा, खाधान्न लगाएतका सामाग्री सहित सहयोग रकम हस्तान्तरण गरेको सहजकर्ता मनुले बताए। आर्थिक अबस्था कमजोर रहेको मगर परिवारलाई अझै थप अन्य स्थान बाट समेत सहयोगको खाचो रहेको उनले बताए। सहयोग गरेर आफुहरुलाई पिडाको घाउमा मलम लगाउने कोसिस गरिदिएकोमा पीडित परिवारले सहयोगकर्तालाई आभार ब्यक्त गरेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.