पश्चिम् नवलपरासीमा अबैध काठ बरामद

0
Quantam abroad studies

उर्मिला यादव , असार १

पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानी बाट प्रहरीले एक लाख मुल्य बराबरको साल जातको अबैध काठ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका अनुसार इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानी स्थित बिक्रम गुरुङ को घरको कोठा भित्र बाट चारपाटे १७ थान २१.९ क्युफिट काठ बरामद गरेको हो ।

उक्त काठ अबैध तस्करी गरि घरमा राखिएको गोप्य सूचनाको आधारमा प्रहरीले बरामद गरेको जनाएको छ । बरामद गरिएको काठ र निज बिक्रम गुरुङलाइ आज नै आवश्यक कारवाहीको लागी बर्दघाट सरावल सब डिभिजन बन कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.