![Quantam abroad studies](https://smnewsonline.com/wp-content/uploads/2022/06/Quantum-Studie-1.gif)
अर्घाखाँची स्थित शितगंगा नगरपालिका वडा नं ५ मा रहेको हरी माविको क्वारेन्टाइनमा एका जनाले आत्महत्या गरेका छन् । क्वारेन्टाइनमा रहेका सोहि वडाका देवबहादुर विकले बुधवार विहान झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ ।
प्रहरीले बताए अनुसार उनी क्वारेन्टाइन नजिकै रहेको बोटमा आफ्नै ओछ्यानमा विच्छाएको तन्नाले पासो लगाएको अवस्थामा फेला परेको थिए ।
उनको आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखाएको थियो र पीसीआर परीक्षणको लागि स्वाब पठाइएको छ तर अझ रिपोर्ट आएको छैन् । उनी जेष्ठ १० गते भारत बाट आइ उक्त क्वारेन्टाइनमा बस्दै आएका थिए ।
उन्को पिसिआर रिपोर्ट नआए सम्म उन्को शवलाइ नजलाउने स्थानीय प्रशासनले निर्णय गरेको छ।
![sahani furniture udyog](https://smnewsonline.com/wp-content/uploads/2024/12/38d1039e-38ba-4221-8c89-4a13cceff9f8.jpeg)