
रबिन्द्र यादव , नवलपरासी पुर्व , असार ३
बिनयी त्रिवेणी गाउँपालिका स्थित दुम्किबासमा रहेको दुम्किबास पोलट्री फार्म प्रालिले बुधबार बिनयी त्रिवेणी गाउँपालिकाको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि विपद व्यवस्थापन राहत कोषमा सहयोग गरेको छ । गाउँपालिका अध्यक्ष डम्बर बहादुर जिसीलाई बुधबार ५१ हजार बराबरको चेक हस्तान्तरण गरिएको गाउँपालिका का प्रशाकिय अधिकृत बोधराज बस्यालले जानकारी दिए । विश्वव्यापी म हामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको नियन्त्रण तथा राहत वितरणका लागी विनयी त्रिवेणी गाउँपालिकालाई उक्त रकम हस्तान्तरण गराइएको पोलट्री फार्म प्रालिले जनाएको छ ।
