काठमाडौं , जेष्ठ ३
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले भारत र चीन बिच बढदै गैरहेको तनाव कम गरि शान्ति कायम राख्न अपील गरेका छन् ।
भारत चीन सिमा रेखा (एलएसी) मा बिगत केही दिन देखि भैरहेको बिवादका क्रममा हिजो दुबै देशका सेना बिच भएको हिंसात्मक झडपका पछि उनले वास्तविक नियन्त्रण रेखा (एलएसी)मा हिंसा र मृत्युको खबर प्रती चिन्ता व्यक्त गर्दै संयमता अपनाउन सबै पक्ष संग अपिल गरेका हुन।
भारत र चीनको सीमावर्ती क्षेत्र पूवी लद्दाख घाँटीमा चिनियाँ सैनिक र भारतीय सैनिकका बीच भएको हिंसक झडपमा २० भारतीय सैनिक र पाँच चिनियाँ सैनिकको मृत्यु भएको छ भने दुवै तर्फका दर्जनौं सैनिक घाइते भएका छन्। उक्त हिंसा पछि दुबै देश बिछ तनाव बढदै गइरहेको छ।
संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता एरी केनेकोका अनुसार भारत र चीनको सिमा (एलएसी) मा भएको हिंसाको खबरमा प्राप्त हुँदा संयुक्त राष्ट्र संघले गम्भीर दुख व्यक्त गरेको बताएका छन् ।
एजेन्सीको सहयोगमा