सरकारलाई बजेटको दुरुपयोग रोकि जिम्मेवारी बोध गर्न आग्रह

0
Quantam abroad studies

नवीन यादव , असार ४
कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सरकार गम्भीर नरहेको भन्दै सप्तरीको युवा विद्यार्थी द्वारा राजविराजमा प्रदर्शन गरेका छन् । उनिहरुले सरकार विरुद्ध विभिन्न नाराहरु लेखेको प्ले कार्ड बोकि प्रदर्शन गरेका छन् । सरकारलाई कोरोना महामारी रोक्नका लागि गम्भीर बन्न आग्रह गर्दै युवा बिद्यार्थी द्वारा राजविराज स्थित गजेन्द्र चौकमा प्रदर्शन गरिएको छ । सरकारले कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथामकोमा १० अर्ब रुपैयाँ खर्च गरेको बताए पनि जिल्लामा रहेको क्वारेन्टाइन अव्यवस्थित छ, गरिब जन्ता उचित राहत पएको छैन ,कोरोना संक्रमण परिक्षणको दायरा बढन सकेको छैन लगायत समस्याको विषयमा सरकारलाई खवरदारी र सचेत गराउन प्रदर्शन गरिएको संयोजक प्रतिष्ठा यादवले जानकारी दिनु भएको छ ।

sahani furniture udyog

केन्द्र सरकार , प्रदेश सरकार तथा स्थानीय सरकार समेत पुर्ण लापरबाह र गैरजिम्मेवार बनेका छन् भन्दै उनिहरुले जनताको स्वास्थ्य संग खेलवाड गर्न नपाउने भन्दै जिम्मेवारी बोध गराउन उक्त पर्दर्शन गर्न बाध्य भएको यादवले थपिन । स्यानिटाइज गर्नुपर्ने , अब अति भो , भ्रष्टाचार गर्न पाइदैन ,एकता नै शक्ति हो , लगायतका नाराहरु लेखिएको प्लेकार्ड बोकि युवा विद्यार्थीहरु द्वारा प्रदर्शन गरिएको छ। उक्त पर्दर्शन गर्दै युवा तथा विद्यार्थीहरुले कोरोना रोकथामको लागि पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने , क्वारेन्टाइनहरु व्यवस्थित हुनुपर्ने लगायतका माग राखेका छन् ।

उनिहरुले सरकारी बजेटको दुरुपयोग हुन नदिइ सदुपयोग गर्न सरकार संग आग्रह गरेका छन् ।कोरोना महामारी रोकथाममा सरकार जिम्मेवारी बोध नगरे हामीहरुले देश ब्यापी शान्ति पुर्ण आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.