पर्वतको बिहादी गा.पा दुई बर्राचौरलाई पोषण मैत्री स्वास्थ्य संस्था घोषण गरिएको छ

0
Quantam abroad studies

अमृत भट्टराई , बिहादी पर्वतको बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौरलाई पोषण मैत्री स्वास्थ्य संस्था घोषण गरिएको छ । कोरोना भाइरसका कारणले गर्दा सामान्य कार्यक्रम बीच पोषण मैत्री स्वस्थ संस्था वडा घोषण गरिएको बर्राचौर स्वास्थ चौकी प्रमुख भुपेन्द्र नाथ पौडेलले जानकारी दिनुभयो ।
बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौरका वडा अध्यक्ष ओम प्रसाद कुवरको अध्यक्ष्ातामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि बिहादी गाउँपालिका का अध्यक्ष कमल प्रसाद भुसाल रहनुभएको थियो । कार्यक्रममा बिहादी गाउँपालिका प्रशासकीय अधिकृत ऋषिराम पन्थी बिहादी गाउँपालिका स्वास्थ्य संयोजक हरि प्रसाद भुसाल विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा विभिन्न विद्यालयका प्रमुख विभिन्न राजनीतिका प्रमुख , समाजसेवी, बर्राचौरको साविक ९ वटा वडाका सोए्मसेविका लगायतका अतिथिको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै बिहादी गाउँपालिका प्रमुख तथा कार्यक्रम का प्रमुख अतिथि कमल प्रसाद भुसालले भने बिहादी गाउँपालिका अन्तरगत बर्राचौर स्वास्थको हिसाबले सबै वडा भन्दा अगाडि बढेर काम गरेको भन्दै स्वास्थ्यकर्मी शुभकामना दिए ।

sahani furniture udyog
Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.