अमेरीका बाट बझाङका पहिराेमा परेका पीडितलाई ५० हजार सहयाेग ,

0
Quantam abroad studies

उत्तम कुमार थापा , बझाङ केदारस्यु गाउपालीका वडा नम्बर ८ मा अविरल बर्षाकाे कारण गाउँका २० घर बगाएको छ । गाउँपालीकाकाे वडा नम्बर अाठ मल्लेसीमा पहिराे जादा ७ जनाकाे मृत्यु भएको हाे भने सय बढी चाैपाया पहिराेमा परेका हुन ।

यसै घटनालाई मध्यनजर गर्दै बझाङ जिल्ला बाट पत्रकार उत्तम कुमार थापा व्याङराेल देखि दिपेन्द्र धामी ईज्जाईल बाट पवित्रा गाैतमले सम्वन्धित निकायकाे राहतको लागि पहल गर्ने निर्णय गरेका थिए । जसमा तपाईंकाे सानाे सहयाेगले पिडितकाे पिडामा मलम लाग्न सक्छ सहयाेगकाे अपेक्षा गरेका छाै भन्ने नारा छ । याे दुखद खवरलाई न्युज स्टार्टस र थाहा अनलाइनमा प्रकाशि समाचार हेर्दै अमेरीकाकाे न्युयोर्कमा बस्दै अाउनु भएका हेम थापाले पिडितलाई ५० हजार सहयाेग गर्नु भएको छ । थापाले यस भन्दा पहिला धेरैलाई सहयाेग गर्दै अाउनु भएको थियाे ।

थापाले भने , प्राकृति विप्पति हाे ,सबैले सचेत रहनुपर्छ । हाम्रो गाउघर यतिबेला उच्च जाेखिममा रहेको छ । सबैलाई बचेर बस्न अाग्रह गर्दै , हेम एण्ड माया फाउन्डेसन मार्फत ५० हजार सहयाेग गरेका हुन । यसै गरि ईज्जाईलमा बस्दै अाउनु भएकि पवित्रा गाैतमले पनि १० हजार सहयाेग गर्नु भएको छ । व्याङराेलमा बस्दै अाएका दिपेन्द्र धामीले पनि ५ हजार सहयाेग गर्नु भएको हाे । शिव धामीले ८ सय सहयाेग गरनु भएको हाे । अझै अाशा छ तपाईंको सहयाेग रहने छ । सबैलाई सहयाेगकाे अपेक्षा गरिरहेका छाै तपाईंले गर्नु भएको सहयाेग हामी सम्वन्धित निकायलाई पत्यक्षा हस्तान्तरण गरिने जानकारी गराउद छाै ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.