चक्रघट्टी जेसीस द्वारा रक्तदान कार्यक्रममा ६७ प्रिन्ट रगत संकलन

0
Quantam abroad studies

सुबिन बिश्वकर्मा / बराहक्षेत्र
नेतृत्व , ब्यक्तित्व तथा सामाजिक कार्यमा अग्रणी मानिएको संस्था चक्रघट्टी जेसिसद्वारा गरिएको रक्तदान कार्यक्रममा ६७ प्रिन्ट रगत संकलन भएको छ । सोमबार चक्रघट्टी जेसीसले आफ्नो ८ औ स्थापना दिवसको अबसरमा गरेको रक्तदानमा बराहक्षेत्रका युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । नेपाल रेडक्रस सोसाइटी सुनसरी सँगको सहकार्यमा गरिएको रक्तदानमा संकलित उक्त रगत रेडक्रस सुनसरीका प्रतिनिधि सुरेन्द्र गुप्तालाई हस्तान्तरण गरिएको चक्रघट्टी जेसीस बर्ष २०२० का अध्यक्ष सन्तोष चौलागाईंले बताए। उनका अनुसार नेपाल रेडक्रस सोसाइटी सुनसरी साखाले प्राबिधिक सहजीकरण गरेको थियो। उक्त अवसरमा चक्रघट्टी जेसीसले केक काटेर आफ्नो स्थापना दिवसलाई मनाएको थियो।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.