नेपाल विश्व हिन्दु महासंघ बिरगंज महानगर कार्य समिती गठन

0
Quantam abroad studies

पर्सा सम्बादाता / असार २४
आज नेपाल विश्व हिन्दु महासंघको बिरगंज महानगर कार्य समिती गठन गरिएको छ। महासंघको केन्द्रिय वरिष्ठ उपाध्यक्ष एवम संगठन बिभाग प्रमुख बिजय प्रकाश निषाद को अध्यक्षता एवं केन्द्रिय सचीव अभिषेक तिवारीको बिशेष उपस्थितिमा बसेको बैठकमा २१ सदस्यीय कार्य समिती गठन गरिएको छ । यस कार्यक्रममा प्रदेश नम्बर दुई का अध्यक्ष बिशाल झा र श्रीनन्दन मिश्र लाई अतिथिको रुपमा आमन्त्रित गरिएको थियो ।

यस बैठकमा अनुराग झा को अध्यक्षतामा नेपाल विश्व हिन्दु महासंघ बिरगंज महानगरको २१ सदस्यीय कार्य समिति गठन गरिएको छ ।

उक्त कार्य समितीको उपाध्यक्षमा शारदा देवी शाह , राकेश पटेल रहेका छन् भने सचीवमा मुकेश श्रीवास्तव र सह – सचीवमा रबि पटेल रहेका छन् । यसैगरी सदस्यमा अञ्जली सहानी , अमृता सहानी ,सचिन सराफ , योगेन्द्र शर्मा, बिक्की झा , राजकुमार साह , उदय तिवारी , रितेस मेहता , रोसन पटेल , रोहित सिंह , ऋषम सिंह , रन्जित सराफ , आलोक श्रीवास्तव , रबि सिंह , सुदामा ठाकुर र भोला साह लाई चयन गरिएको छ ।

यस बैठकमा बोल्दै संगठन बिभाग प्रमुख एवम् केन्द्रिय वरिष्ठ उपाध्यक्ष बिजय प्रकाश निषाद ले देश विषम परिस्थिति बाट गुज्रिरहेको र सनातन धर्मको विरुद्ध कार्य बाढेको भनी बताएका छन् । निषादले अब नेपाल विश्व हिन्दु महासंघका कार्यकर्ताहरु हिन्दु बिरोधि गतिविधि विरुद्ध कडा रुपमा उत्रिन आह्वान गर्दै महासंघ हिन्दुराष्ट्र र सनातन धर्मको रक्षाको लागि बिशेष अभियान चलाउने तयारी गरि रहेको भनी जानकारी गराएका छन् ।

sahani furniture udyog

यस्तै केन्द्रिय सचीव अभिषेक तिवारीले पाकिस्तानमा कट्टरपन्थी मौलबीको इस्लामाबादमा बन्न लागेको मन्दीरको निर्माण रोकन फतवा जारी गरि मन्दीर तोडफोड गर्ने कार्य निन्दनीय रहेको बताएका छन् भने पाकिस्तानी प्रधानमन्त्री एक धर्मको मात्र वकालत गर्ने प्रधानमन्त्री रहेको भन्दै आलोचना गरेका छन् ।

यस्तै उक्त कार्यक्रममा पर्सा जिल्ला अध्यक्ष राम अयोध्या महतो , आकास गुप्ता , मनोज कुमार साह , विशाल कुमार तिवारी लगायतका पदाधिकारी एवम् कार्यकर्ता बृहत उपस्थित रहेको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.