
निरहु यादव , असार २४
कृष्णनगर नगरपालिकाले नगरभित्र रहेका पशुपालकहरु लाई ब्यवसायिक बनाउन विभिन्न किसिम कार्यक्रम गर्ने क्रममा आज बहु बर्षे घास सुपर नेपियरको सेट बितरण गरेको छ । पशु सेवा शाखामा सुचीकृत भइ ब्यवसायिक पशुपालन तर्फ अग्रसर भइरहेका किसानलाई यो घासको सेट निशुल्क उपलब्ध गराएको शाखा प्रमुख धनई प्रसाद यादवले बताएका छन ।
यो नेपियर अति नै लोकप्रिय् बहुबर्षे अकोशे घासबाली हो जुन एक पटक लगाए पछि लगभग ८ बर्ष सम्म लगातार ढुक्क भएर अन्य घासको तुलनामा बढी काट्न पाइने र प्रोटिन १६ देखि १८ % पाइने हुँदा यो घास बाट साइलेस समेत बनाउन सकिन्छ । किसानको लागत घटाएर घासमा निर्भरता राखेर पशुपालन गर्दा आम्दानी बढने भएकोले यो घासको सेट बितरण गरिएको पशु बिकास अधिकृत धनेश्वर खनालले बताएका छन ।
सेट बितरण गर्ने क्रममा परम्परागत तरिकाले पशुपालन गर्ने किसानलाई ब्यवसायिक रूपमा पशुपालन गर्न , आर्थिक रूपमा समृद्ध हुन अघि बढे आफुहरु हुन सक्ने हरेक प्रकारको सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।
