नवलपरासी पश्चिमको सिमाबाट २ लाख ६५ हजार बराबरको अवैध मालसामान प्रक्राउ

0
Quantam abroad studies

रबिन्द्र यादव , असार २५
नवलपरासी पश्चिम जिल्लाको सिमावर्ती एरिया बाट करिब २ लाख ६५ हजार बराबरको अवैध मालसामान बरामद गरेको छ । बिहिवार बिहान ४:१५ बजेको समयमा गस्ती गर्दै जाने क्रममा नेपालबाट भारत तर्फ भन्सार छली अवैध रुपमा लादै गरेको ७ बोरा क्यानेडियन (मटर) जिल्लाको प्रतापपुर गाउपालिका वडा नं. ५ स्थित भारतीय सिमा नजिक बाट ईलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ भने सोही दिन बिहान ५ बजेको समयमा प्रहरी चौकी बसहिया बाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा भारत बाट नेपाल तर्फ अवैध भन्सार छली युपी ५६ एए २७२९ नं. को भारतीय मोटरसाईकलमा ल्याउदै गरेको २ गाठ ( काचो कपडा र लेडिज सुट ) कपडाहरु प्रतापपुर गाउँपालिका वडा नं. ५ जन्नाथपुरबाट बरामद गरेको छ । उक्त कपडा मोटरसाईकलमा ल्याउदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखि मोटरसाईकल र कपडा बेवारिसे छाडि मानिस भागेका थिए । वरामद भएको ७ बोरा केराउ , कपडा तथा मोटरसाईकलको मुल्य दुई लाख पैसठ्ठी हजार रहेको छ ।

उक्त सामान आवश्यक कार्यवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाइएको नवलपरासी पश्चिमका नेपाल प्रहरी नायब उपरीक्षक एव सूचना अधिकारी राजु लामाले जानकारी दिए । सिमा क्षेत्रमा तस्करी भएको गुनासो अाएपछि प्रहरी सक्रिय भएका हुन ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.