पर्वतको बिहादी गा. पा. २ बर्राचौरमा नेपाली काँग्रेस परित्याग गर्दै नेकपा मा प्रवेश

0
Quantam abroad studies

अमृत भट्टराई /बिहादी, पर्वत पर्वतको विहादी गाउँपालिका वडा नम्बर २ बर्राचौरमा नेपाली काँग्रेस पार्टी लाई परित्याग गरि नेपाली काँग्रेस का क्रियाशील कार्यकर्ता नेकपा मा प्रवेश गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बर्राचौर पार्टी कमिटीले शनिबार आयोजना गरेको बैठकमा नेपाली काँग्रेसका सुनील पराजुली , गुमा पराजुली , अनुप केसी लगाएका कार्यकर्ताले पछि समय देश विकास मा नेकपा अग्रसर भएर लागेको र दुखी गरिब जनताको पक्षमा काम गर्दै गएको हुनाले नेकपामा प्रवेश गरेको बताएका छन् । नेकपा बर्राचौरका नेता तम. बहादुर नेपालीको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि बिहादी गाउपालिका २ बर्राचौरका वडा अध्यक्ष तथा नेकपाका नेता ओम प्रसाद कुवर रहनु भएको थियो । कार्यक्रम को सञ्चालन नेकपा जिल्ला सदस्य समेत रहेका बर्राचौरका युवा नेता राम प्रसाद पराजुलीले गर्नुभएको थियो भने कार्यक्रममा नेकपा बर्राचौरका सदस्य शिव ढकाल (गणेश ) ले स्वागत मन्तव्य राख्नुभएको थियो । नेपाली काँग्रेस पार्टी परित्याग गरि नेकपा मा प्रवेश गर्ने लाई बिहादी गाउँपालीका नेकपा कमिटी सचिवालयका सदस्य धनराज पुरी र प्रमुख अतिथिले टीका र खादा लगाएर पार्टी प्रवेश गराउनु भएको थियो ।
उक्त प्रवेश कार्यक्रममा नेकपा का दर्जनौं नेता तथा कार्यकर्ता को उपस्थित रहेको थियो ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.