
उत्तम कुमार थापा ,बझाङ
अविरल बर्षाकाे कारण सुदुपश्चिम प्रदेशकाे विभिन्न स्थानमा बाढिपहिराे गएको छ ।
बझाङ जिल्लामा रहेकाे केदारस्यु गाउँपालीका सुर्मा गाउँपालीका मष्टा गाउँपालीकामा गरि अन्य धेरै स्थान तहमा अविरल बर्षाले गर्दा बाढिपहिराे गएकाे हाे ।
केदारस्यु गाउँपालीकाकाे वडा नम्बर ८ मल्लेसिमा घटेको घटनाले सिङ्गो देश नेपाल मात्र हैन विदेशमा रहनुभएका अधिकाश नेपाली दाजुभाइहरुकाे मन दुखेकाे छ । धेरैले सहयाेग गर्दै अाउनुभएकाे हाे भने अाज मल्लेसिका बाढिपिडितलाई व्याङराेलमा रहनुभएका समाजसेवी जनेश्वर जाेशीले अाज ५० हजार सहयाेग गरेकाे दिपेन्द्र धामीले बताए ।
जाेशीले विदेशमा बसेर परिश्रम गरेकाे पैशाले जिल्लामा घटेकाे घटना र बाढिपहिराे बाट पिडत परिवारलाई सहयाेग गर्दै आउनुभएकाे हाे । उनले पिडितकाे दुखमा मलम लगाउदा आफ्नाे आत्मा सन्तुष्टि सँग सँगै पिडितहरुले ठुलाे राहत पाएकाे वडा अध्यक्ष गणेश बाेहराले बताए सबै सहयाेगीहरुलाई धन्यवाद दिनुभएको हाे ।
