वडा का योजनाको प्रलोभन देखाउदै नेकपामा पार्टी प्रवेश गराउदै पर्वतको बर्राचौरका वडा अध्यक्ष

0
Quantam abroad studies

पर्वतको बिहादी गाउँपालीका वडा नम्बर २ मा बर्राचौरमा भएको पार्टी प्रवेश प्रति नेपाली काग्रेंस बिहादी गाउपालिका बराचौरले कार्यकर्ता र नाबालक नेकपा प्रवेश भन्ने समाचार प्रति स्पष्टीकरण दिएको छ।
स्पष्टीकरण बक्तब्य जस्ताको त्यस्तै:
यही मिती २०७७ साल श्रावण १० गते सामाजिक संजालमा बिहादी गाउ पालिका वडा न. २ बर्राचौर नेपाली काँग्रेस का क्रियासिल सदस्य सहित कार्यकर्ता नेकपा प्रवेश भन्ने समाचार प्रति नेपाली काँग्रेस बर्राचौर घोर भत्सर्ना गर्दछ।

सर्बप्रथम त नेपाली काँग्रेस क्रियासिल सदस्य भनेर भनिएका श्री होमनाथ पराजुली त्यस स्थान मा नै नगएको र पार्टी प्रवेश संबन्धि कुनै जानकारी नै नभएको हुँदा बिपक्षी पार्टीको कुनै सदस्यको चरित्र हत्या गर्ने काम गरेकोम नेकपा जस्तो जिम्मेवार तथा सत्ताधारी पार्टीको बर्राचौर काँग्रेस निन्दा गर्दछ।

अर्को प्रवेशी भनिएका श्री होमनाथ पराजुलीको छोरा श्री सुनिल पराजुली नाबालक रहेको उनको नागरिकता पनि नरहेको हुँदा , बालमैत्री वडा बर्राचौर मा नाबालक लाई पार्टी प्रवेश गराउन काम जस्तो गम्भीर गल्ति गरेकोमा नेकपा पार्टी को जति निन्दा गर्दा पनि पुग्दैन । संगसंगै श्री होमनाथ पराजुलीको श्रीमती गोमा पराजुलीलाई पार्टी प्रवेश कार्यक्रम हो भन्ने जानकारी नै नगराई बोलाएर अबिर लगाएर पार्टी प्रवेश गर्यो भनेर जुन समाचार बनाइयो , यो र एस्तो गलत दुष्प्रयाशको सो स्थानमा प्रतिकारमा बोल्न नसकेको अथवा आफु बाट अन्जानमा गल्ति भएको स्वीकार गर्दै आज श्रावण १२ गते बर्राचौर नेपाली काँग्रेस सभापति श्री हरि पराजुली, पर्बत जिल्ला कमिटि सदस्य श्री गोविन्द प्रसाद पराजुली , पुर्व बराचौर पाटी सभापति हरि पराजुली , ने बि संघ बिहादी गाउ पालिका अध्यक्ष हिमलाल गिरि (पारस) साथै अन्य काँग्रेस नेता कार्यकर्तालाइ बोलाएर आफु पार्टी परिबर्तन नगरेको , सदा आफु कॉंग्रेसमा नै रहेको र भविष्यमा पनि अबिचलित रुपमा रहिरहने र आफुलाई संका नगर्न वडा समन्वय समितिलाई आग्रह गर्नु भएको छ।

यी र यस्ता घटना हरुलाई हेर्ने हो भने, बर्राचौर वडा अध्यक्ष सम्पूर्ण बर्राचौर बासिको नभएर मात्र नेकपा  पार्टीको  लागि  मात्र  हो जस्तो देखिएको छ ।  वडामा आउने सुबिधा नेकपा कार्यकर्ता को लागि मात्र नभएर सम्पूर्ण बर्राचौर बासीको लागि हो भन्ने बुझ्नु  भएको  छैन  या नबुझेको जस्तो गर्नु भएको  छ, समयमा नै ध्यान जावोस ।   अहिले बर्षाको  समय भएको  हुँदा  धेरै  ठाउमा  पहिरो  गएको  छ  धेरै जनाको घर  गोठमा  असर  परेको छ  त्यसको  लागि  वडा  बाट आउने  सरकारी  सुबिधाको  लोभ देखाएर नेकपा पार्टी प्रवेश गर्नु पर्ने  सर्त  राख्नु  या  पार्टी  प्रवेश  नगरेमा  सेवा  सुबिधा नपाउने  जुन  व्यवहार देखिएको छ, नेपाली  काँग्रेस  बर्राचौर घोर बिरोध गर्दछ साथै यस्ता  आपत्तिजनक निन्दनीय कार्य नदोहोरियोस आग्रह पनि गर्दछ। पार्टी प्रवेश गराउने नै रहर छ भने आफ्नो  विचार नीति देखाएर गराउनुस नकि सरकारी  सेवा सुबिधाको प्रलोभन देखाएर होइन यस्ता कार्य पुर्ण रुपमा बन्द होस्। 

अन्त्यमा सम्पूर्ण बर्राचौर बासि दाजु भाइ दिदि बहिनीहरुमा यो अपिल गर्न चाहन्छौं कि वडा कार्यालय बर्राचौर बाट प्रदान हुने सम्पूर्ण सेवा सुविधाहरु सरकारी सेवा सुबिधा रहेको हुँदा कुनै पनि सेवा सुबिधाको लागि पार्टी परिवर्तन या पार्टी प्रवेश गर्नु पर्ने सर्त राखियो भने प्रतिकार गर्नु होला सरकारी सेवा सुबिधा कुनै पार्टीको कार्यकर्ताको लागि नभएर सम्पूर्ण जनताको लागि आएको हो तसर्थ सजग रहनु होला र सेवा सुबिधा पाउने आफ्नो अधिकारको पूर्ण रुपमा प्रयोग गर्नुहोला।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.