स्थानीय योजनामा भष्टचारको आशंकामा पर्वतको बर्राचौरमा नेपाली काँग्रेस युवा अनुगमन समिती गठन

0
Quantam abroad studies

अमृत भट्टराई / बिहादी, पर्वत । नेपाली काग्रेंस बिहादी गाउपालिका २ बराचौर वाड समन्वय समितिले स्थानीय योजनामा अनियमितताको आशंका गर्दै तरुण अनुगमन समिती गठन गरेको छ।
स्थानीय एक उपभोक्ताले योजनाका अध्यक्षलाई बर्राचौरमा भएका सरकारी खर्च सार्वजनिक गर्नु भनेर भन्दा क्याविनेटमा आउनुस दिन्छु भन्ने जवाफ आए सगैं र बराबर रकमका योजनामा भिन्न संरचना पाइएसगैं तरुण अनुगमन समिति गठन गरेको हो।
बिहादी गाउँपालिका बर्राचौर वडा समन्वय समितिका सभापति बि. हरि पराजुलीको सभापतित्वमा बसेको बैठकले नेकपा पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गर्ने बिशाल पुरी लाई पार्टी प्रवेश गराएको छ। नेपाली काँग्रेस बर्राचौर वडा समन्वय सभापति बि. हरि पराजुली, पर्बत जिल्ला समिति सदस्य श्री गोविन्द प्रसाद पराजुली, ने बि संघ बिहादी अध्यक्ष श्री हिमलाल गिरि (पारस) सहित स्थानीय नेता हरुले अबिर खादा लगाएर प्रवेश संगै स्वागत गरेका हुन् ।
बिहादी ०२ बर्राचौर वडा अन्तर्गत संचालित स्थानीय योजनाहरु को सन्दर्भमा पनि गम्भीर ध्यानाकर्षण भएको छ। स्थानीय योजनाहरुमा कहीं कतै अनियमितता भैरहेको त छैन भन्ने शंका उत्पन्न भएको महसुस गरिएको छ। १ स्थानीय योजनाको अध्यक्ष संग उपभोक्ता ले हिसाब सार्बजनिक गर्नको लागि गरिएको आग्रहलाई घुमाउरो तरिकाले अस्विकार गरेको जसरि वडा कार्यालय गएर बुज्नुस या वडा कार्यालय आउनुहोस त्यही दिन्छु भनेको उत्तरलाई सहज लिन नसकिएको र समान बजेटका योजनाहरुमा भौतिक संरचनात्मक परिणाम फरक देखिएकोले बर्राचौर वडा अन्तर्गत संचालित सम्पूर्ण योजनाहरुको अनुगमन गर्नको लागि तरुण अनुगमन समिति गठन गरेको छ। कहीं कतै कुनै पनि योजनाहरुमा अनियमितता नहोस र यदी भएको रहेछ भने सार्बजनिक गर्ने उद्देश्य ले राजन पौडेल संयोजक र नरेन्द्र क्षेत्रीको सहसंयोजकत्वमा
१७ सदस्यीय अनुगमन समिति गठन गरेको छ साथै सम्पूर्ण बर्राचौर बासीहरु संग हरेक स्थानीय योजना हरुको बिषयमा यो अनुगमन समितिलाई आवस्यक सहयोग गरि भ्रष्टाचार उन्मुलन गर्ने कार्यमा सहयोग गरिदिनु हुन आग्रह गरेको छ ।
सदस्यहरु :
कमल नेपाली, हरि गिरी , प्रवेश हितांग , बिमल पराजुली, घनश्याम भट्टराई , अर्जुन पराजुली , भिम नेपाली , सौगात कुँवर, रजित पुरी , बिशाल पुरी , दिपक सुनार ,लाल बहादुर कुँवर , सन्दिप हितांग , बिक्रम गिरी , यज्ञ प्रसाद पराजुली
रहनुभएको छ । उक्त समितिले सरकारी सम्पत्तिको दुरुपयोग हुन नदिने बताइएको छ । बैठकमा नेकपा पार्टी परित्याग गरि बिहादी गाउँपालीका वडा नं. २ बर्राचौर साविकको ३ का विशाल पुरी नेपाली काँग्रेस मा प्रवेश गरेको पार्टी सभापति पराजुलीले बताए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.