काठमाडौं , साउन १४ बर्न हस्पिटल कृतिपुरमा उपचाररत रहेकी एसिड आक्रमण बाट पीडित पबित्रा कार्कीलाइ आज बिश्व हिन्दु परिषदका पदाधिकारीहरुले भेट गरि उन्को स्वास्थय बारे जानकारी लिएका छन् । भेट कै क्रममा बिश्व हिन्दु परिषदको तर्फ बाट उन्को उपचारको लागी रु ५१,००० को आर्थिक सहयोग सामेत गरिएको छ । विश्व हिन्दू परिषद नेपालको केन्द्रिय महासचिव जितेन्द्र सिंह , बिहिप संगठन सचिव प्रहलाद रेग्मी , विहिप केन्द्रिय सदस्य बाबु सरण सुवेदी , काठमाण्डौ विहिप महानगर अध्यक्ष जितेन्द्र तुलाधर , मातृशक्ति काठमाण्डौ जिल्ला अध्यक्ष सोनी अधिकारी लगायतका ब्यक्तिहरु भेट गर्न पुग्नु भएको थियो ।
भेटघाटको क्रममा संगठन सचीव प्रहलाद रेग्मीलेले पीडित संग कुरागर्दै बिश्व हिन्दु परिषदले उन्को न्यायको लागी अवाज उठाउने र उपचारमा सक्दो सहयोग गर्ने आश्वासन दिनु भएको छ।
यसैगरी परिषदका केन्द्रिय महासचिव जितेन्द्र सिंहले पीडित कार्की संग कुरा गर्दै उन्को सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ । सिंहले त्यहाँ उपस्थित सबैलाई सम्पुर्ण हिन्दु चेलीले कट्टरपन्थी मुस्लिम द्वारा चलाइने लभ जिहाद बाट बच्न आवस्यक रहेको बताउनु भएको छ । उहाँले नेपालमा लभजिहाद जस्तो घृणित जालमा फसेर थुप्रै नेपाली चेलीको जिन्दगी बर्बाद भएको छ भने नेपाली हिन्दु समाजको मौनताले आज एसिड प्रहार जस्तो अमानवीय घटना भएको बताउनु भएको छ।