खप्तड छान्नामा NEEDS नेपालद्वारा घरवाइरीङ तालीम सञ्चालन हुदै,

0
Quantam abroad studies

उत्तम कुमार थापा , बझाङ

बझाङ जिल्लाकाे खप्तड छान्ना गाउँपालीकामा घर वाईरीङ तालीम सञ्चालन हुने भएको छ ।

स्थानीय तह खप्तड छान्ना गाउँपालीकामा तीन महिने घर वाईरीङ तालिम सञ्चालन हुने भएको हाे । आज एक कार्यक्रमका विच NEEDS नेपाल र खप्तड छान्ना गाउँपालीका विच समन्वय भएको हाे ।

देशमा काेरनाकाे कहरले हजारौं युवा विदेश बाट गाउँघरमा आएपछि अब राेजगारी कसरी शृजना गर्ने भन्ने स्थानीय तहले साेचिरहेकाे समयमा निड्स नेपाल परियाेजनाले यसरी सिपविकास तालिम ल्याएकोमा गाउँपालीकाले खुसि जनाए को थियाे । आज एक कार्यक्रमका विच बाेल्दै, गाउँपालीका अध्यक्ष वर्क बहादुर राेकायाले भने तपाईंको परियाजनाले राम्रो कार्यक्रम ल्याएको छ । जसमा घरवाईरीङ तालम अब परियाेजना र स्थानीय तह खप्तड छान्ना सहकार्य गर्दै जाने, बताए ।

अध्यक्ष राेकायाले भने, स्थानीयतहले गर्ने सबै पहल कदमी अगाडि बढाउने व्यराेजगार युवा युवतीलाई राेजगारी तिर लैजाने गाउँपालीकाकाे लक्ष्य रहेकाे बताउदै चाडै २० जनालाई याे तालिम सञ्चालन गर्ने र राेजगारमुलक बनाउने उनकाे भनाइ थियाे । कार्यक्रममा गाउँपालीका अध्यक्ष बर्क बहादुर राेकाया, निमित प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार रावल वडा अध्यक्षहरु निड्स नेपालका उपाध्यक्ष लाेकेन्द्र प्रशाद जाेशी, कार्यक्रम सञ्चालक सञ्याेजक विनाेद सिह कडारा शेखर थापा रहनुभएकाे थियाे ।

एक कार्यक्रमका विच सुरुभएकाे NEEDS नेपालकाे कार्यक्रममा परियाेजनाकाे अवधि १८ महिना रहेकाे जनाएको हाे । जसमा यसकाे बजेट २,५४,०३८२० रहेको परियाेजना काे कार्यक्षेत्र सुदुरपश्चिम प्रदेशकाे कञ्चनपुर , कैलाली ,र बझाङ रहेकाे शेखर थापाले बताए । थापाले भने,बझाङमा जयपृथ्वी नगरपालिका , बुङ्गाल नगरपालिका , केदारस्यु गाउँपालीका, खप्तड छान्न गाउँपालीका तलकाेट गाउँपालीका मा लागू गरिने उनले बताए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.