सरुवा भएका सशस्त्र प्रहरीका नायब उपरीक्षक एवं नायब निरीक्षक को मदरसा संघ द्वारा बिदाइ

0
Quantam abroad studies

शहबाज खान , कपिलवस्तु
सशस्त्र प्रहरी बल नेपाल न• ३९ गुल्म हे. क्वा. (रा.तथा भन्सार सुरक्षा) कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक सुशील शाही र सशस्त्र प्रहरी नायब निरीक्षक सुरेश न्यौपाने द्वयलाई हिजो राष्ट्रीय मदरसा संघ नेपालले एक सम्मान समारोहका साथ भब्य बिदाई गरे । सरुवा भएका शाही र न्यौपाने दुबैलाई दोसल्ला ओढाई सम्मानित गर्दै उहाहरुको एक वर्षको कार्यकाल प्रति प्रसशा पत्र समेत प्रदान गर्दै बिदाई गरिएको हो ।हाल शाहीको सरुवा चितवनमा भएको छ ।

sahani furniture udyog

नेपाल भारत खुल्ला सीमामा कडा सुरक्षा व्यबस्था मिलाई दिन रात नेपाली जनताको हक हितको लागि सीमामा हुने अनेको अवैध गतिविधीहरुमा लगाम लगाई समाजमा सदैव धार्मिक सहिष्णुता कायम गर्दै कृष्णनगरका जनताको सुख दुःखमा हात मिलाई एक बर्षको आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा उहाँहरुलाई धेरै धेरै धन्यवाद र आगामी दिनमा पनि उहाहरको कार्यकाल सफल रहोस भन्ने शुभकामना दिदै ५न.प्रदेश मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मकसूद खां नेपालीले विदाई गरेका थिए ।

विदाई समारोहमा ईप्रका कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेल , राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुलगनी अलकुफी , सत्ताधारीनेकपाका नगरसमिती अध्यक्ष जावेद आलम , राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की , राष्ट्रीय मदरसा संघ नेपाल का सल्लाहकार मास्टर अनवार अहमद,युवा समाजसेवी साहिल खान, अलसेराज उर्दु पत्रिकाका सम्पादक मौलाना मन्नान, सगीर खाकशार , राहुल मोदनवाल , संईद अख्तर , हसीर अहमद लगायत समाजका भद्रभलादमी पत्रकारहरुको उपस्थिति थियो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.