दुबई बाट उडेको बिमान भारतको केरलमा दुर्घटना उद्धार कार्य जारी

0
Quantam abroad studies

काठमाडौं , श्रावण २३
दुबई बाट उडेको Al express IX 1344 को बिमान भारतको केरल राज्य स्थित कोझिकोडा एयरपोर्टमा दुर्घटना ग्रस्त भएको छ । उक्त बिमान शुक्रवार साझ ८- ९ बजे को बिचमा कोझिकोडा एयरपोर्टमा लेन्डिङ्गको क्रममा चिप्लिएर दुर्घटना भएको हो । दुर्घटना पस्चात बिमान दुइ टुत्रा भएको छ। उक्त बिमानमा कुल १९१ जना सवार रहेका थिए । त्यो बिमानमा सवार मध्ये १२८ पुरुष , ४६ जना महिला , १० जना बच्चा , २ जना पाइलट र ५ जना क्रु का सदस्य रहेका छन् । त्यस बिमानका पाइलट र को पाइलट सहित १५ जनाको मृत्यु भएको छ भने १७० जनाको सुरक्षित रुपम उद्धार गरिएको छ । बाकिको भने उद्धार कार्य जारी रहेको छ । केरलमा भारी बर्खा भैरहेको कारण बिमान दुर्घटना हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ भने बिमानमा आगलागी नभएकोले ठुलो मानवीय क्षती हुन बाट बचेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.