नबिन यादब , श्रावण २३
सप्तरी जिल्लाको राजविराज स्थित साइकृष्णा आइसोलेसन व्यवस्थापन पक्षको लपरबाही को आलोचना भइरहेकै बेला सप्तरी युथ नेपालले आइसोलेसन ब्यवस्थित बनाउनको लागि केही सामानहरु उपलब्ध गराएको छ ।
आइसोलेसनमा बालक , वृद्धलाई लक्षित गर्दे ८ प्रकारका सामग्री युथ नेपालको पदाधिकारीहरु ले शुक्रवार गजेन्द्रनारायण सिह अस्पताललाई हस्तान्तरण गरेएका हुन् । सामग्रीहरूमा पिपिई सेट ५ थान , डेटोल साबुन १ सय पिस ,५० ओटा मच्छर धुप , ५० प्याकेट गुडनाइट , २५ प्याकेट हर्लिक्स, ७ डिब्बा बेगन स्प्रे,१० ओटारुम स्प्रे, ५ पिस बिस्कुट ८४ डिब्बा रहेको छन् ।
सप्तरी युथ नेपालका अध्यक्ष श्रवण कुमार देव, उपाध्यक्ष मोहन कुमार यादव , कोषाध्यक्ष विष्णु यादव लगायतले उक्त सामानहरु आइसोलेसनका लागि उपलब्ध गराएको बताउनु भएको छ । सोही अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. झाले कोभिड १९ को महामारी सँग जुझिरहेको अवस्थामा सप्तरी युथ नेपालका युवाहरुले गरेको सहयोगको प्रशंसा गरेका छन् ।