एसपी केसिले गरे फेरि अर्को कमाल: २१ लाख ४ हजार मुल्य बराबरको २ वटा पिकप गाडी र १४९ बोरा अबैध युरिया मल सहित प्रहरीको नियन्त्रणमा ।

0
Quantam abroad studies

रबिन्द्र यादव , साउन २४

नवलपरासी पश्चिम प्रहरी प्रमुख एसपी अजय केसिले जिल्ला मा आए देखि अबैध काम गर्ने माथी धमाधम एक्सन लिदै हुनु भएको छ । बेला बेला नेपाल बाट भारत तर्फ अबैध रुपमा निर्यात गर्ने गिरोह सक्रिय रहेको खबर सार्वजनिक हुँदै आएको थियो ।

तर नवलपरासी पश्चिम प्रहरीले अहिले सम्म यति ठूलो परिमाणमा अबैध युरिया मल बरामत गर्न सकेको थिएन । यद्यपि एसपी केसिको जिल्ला अवागमन सगै शनिबार ठुलो परिमाणमा अबैध युरिया बरामद भएको हो ।

नवलपरासीको रामग्राम नगरपालिका वडा नं ५ बाइपास चोक (परासी -महेशपुर सडक खण्ड ) मा महेशपुर तर्फबाट परासी तर्फ आउदै गरेको ना: ४ च ८३८८न: को बोलेरो पिकअप र ना:५ च २९२६न: को बोलेरो पिकअप लाई रोकि चेकजाँच गर्ने क्रममा ना:४ च ८३८८न: को पिकअपमा ७८ बोरा र ना:५ च २९२६न: को पिकअपमा ७१ बोरा युरिया मल फेला पारी सोधपुछ गर्दा उक्त मलवाहक सम्बन्धित कुनै पनि कागजपत्र फेला नपरेकोले दुबै पिकअप चालक सहित पिकअप र अबैध युरिया मल प्रहरीले नियन्त्रणमा लिएको हो। बरामद युरिया मल प्रति बोरा ५० केजिको दरले १४९ बोरामा ७४५० केजि साथै प्रती बोरा ७०० का दरले १ लाख ४ हजार ३ सय मूल्य बराबर र प्रती पिकअप १० लाखका दरले २ पिकअपको २० लाख गरि जम्मा २१ लाख ४ हजार ३ सय मुल्य बराबर अबैध मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमालिएको २ वटा पिकअप २ जना चालक र १४९ बोरा अबैध युरिया मल शनिबार आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी राजु लामाले बताए । केसीले अहिलेसम्म १ करोड ३५ लाख बराबरको मालसामान नियन्त्रणमालिई आवश्यक कार्यवाहीको लागि भन्सार पठाइसकेका छन ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.